चितवनमा १०५ वर्षीय बृद्ध दम्पतीले लगाइदिए दसैंको टिका

भरतपुर महानगरपालिका–१० हाकिमचोकका १०५ वर्षीय टिकाराम ढकाल र ९८ वर्षीय रेवती ढकालले आफ्ना परिवारका आफन्तहरुलाई दसैंको टिका लगाएर आर्शिवाद दिएका छन् । उनीहरुका सात छोरा र एक छोरी छन् । उमेरले शताब्दी नाघेका बुबा र शताब्दी छुन लागेकी आमाको हातबाट दसैंको टिका लगाउन पाउँदा असाध्यै खुसी लागेको ठूलो कान्छा छोरा ईश्वरी ढकाल बताउँछन् ।

ज्येष्ठ नागरिकहरु भनेका अनुभवका खानी हुन् । दसैंको प्रमुख विशेषता भनेकै आफु भन्दा मान्यजनबाट टिका ग्रहण गर्ने र आर्शिवाद लिने हो
‘१०५ वर्षसम्म पनि उहाँको सेवा गर्दै उहाँहरुको काखमा बस्न पायौँ । रमाउन पायौँ । त्यो नै ठूलो कुरा हो’, ईश्वरी भन्छन्, ‘उहाँहरुलाई सेवा गर्दै गर्दा समाजले पनि धेरै प्रेरणा लिन पाएको छ भन्ने अनुभूति गरेको छु ।’ नेपालमा बृद्ध बाबुआमालाई तिरस्कार गर्ने प्रवृत्ति रहेको भन्दै उनले त्यस्ता व्यक्तिले आफ्नो परिवारबाट पाठ सिक्न सक्ने बताए ।

बृद्ध दम्पत्ती ईश्वरी ढकालसँग हाकिमचोकमा आफ्नै घरमा बस्दै आएका छन् । ईश्वरी भने माडी नगरपालिका–२ का वडाध्यक्ष हुन् । उनी कहिलेकाँही भरतपुर आउँछन् । अन्य छोराहरु चितवनलगायत विभिन्न जिल्लामा बस्दै आएका छन् ।

टिकारामले मान्छेलाई देख्ने बित्तिकै चिन्न भने सक्दैनन् । ‘एकछिन घोरिएर हेरेपछि बल्ल चिन्नुहुन्छ । नाम नभनेपनि फलानोको छोरो वा छोरी भन्नुहुन्छ’, ईश्वरी भन्छन्, ‘बिहान ४ बजे उठेर नुहाई धुवाई आफै गर्नुहुन्छ । खाना पनि आफै खानुहुन्छ ।’ रेवती भने क्यान्सरबाट ग्रस्त भएकी छन् । उनले नियमित रुपमा क्यान्सरको औषधी खाने गर्छिन् ।

उमेरले डाँडो नाघेका बृद्धा बुबाआमाको हातबाट दशैँको टिका लगाउन पाउँदा साक्षत भगवानसँग आर्शिवाद लिएको अनुभव भएको नवराज ढकालले बताए । नाताले ठूलो बुबा र ठूली आमा पर्ने बृद्ध दम्पतीबाट टिका लगाएका नवराजले भने–‘१०५ वर्षीय बुबा र ९८ वर्षीय आमाको हातबाट टिका ग्रहण गर्न पाउँदा स्वर्गीय सुखको अनुभुती भएको छ ।’

गत वर्ष कोरोनाका कारण उनले टिका लगाउन पाएनन् । ‘शताब्दी पुरुषसँग दशैँको टिका लगाएर आर्शिवाद लिन पाउने जो कोहीको नसिव हुँदैन’, उनी भन्छन्, ‘असाध्यै खुसी छु । अझ धेरै वर्षसम्म संगै हुने चाहना छ ।’ नवराज देवघाट क्षेत्र विकास समितिको सञ्चालक समितिको सदस्य पनि हुन् । छोराछोरीको अवहेलनामा परेका बृद्धा बुबा आमाहरुलाई समितिले देवघाटमा आश्रय पनि दिइरहेको छ ।

त्रेता युगमा आजकै दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष महत्वका साथ मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक