गृहमन्त्रीले भने– गुण्डागर्दी र अनियमितताको सूचना दिनुस् म नियन्त्रण गर्छु

काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले  गुण्डागर्दी  र अनियमितता नियन्त्रणका लागि आफू लागिपरेको भन्दै यसमा सबैको सहयोग अपरिहार्य रहेको बताएका छन् । 
वाइसियल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलनको बन्दसत्रलाई शनिबार सम्बोधन गर्दै शर्माले समाजमा व्याप्त विकृति विसंगतिका साथै  गुण्डा र अनियमितताको सूचना दिन आग्रह गर्दै त्यसको नियन्त्रणमा सरकार प्रतिबद्ध रहेको बताए ।  उनले समाजमा शान्ति सुरक्षा गर्ने कार्यमा सरकार क्रियाशिल रहेको भन्दै त्यसलाई थप प्रभावकारी बनाउन वाइसियल जस्ता युवा संगठनको भूमिका महत्वपूर्ण हुने बताए । 
शान्ति प्रक्रियामा आएपछि   पार्टी जनतासँग जोडिन नसकेकाले जनताबाट अलग भएको स्वीकार गर्दै जनतासँग कुनै न रुपमा जोडिइरहनु पर्ने र त्यसमा वाइसियलको  पनि भूमिका रहने गृहमन्त्रीले बताए । यद्यपी माओवादी कै जोडबलमा संविधान जारी गर्न सफल भइएको उनको भनाई छ । 
उनले संविधानलाई उत्कृष्ट भएको दाबी गर्दै भने, ‘संविधानमा सर्वहाराको अधिनायकत्व बाहेक जनवादी क्रन्तिमा लेखिने सबैकुरा लेखिएको छ । संविधान कार्यान्यवनको चुनौति भएपनि सामना गर्दै अघि बढ्नुपर्छ ।’
उनले संविधानको कार्यान्वयन हुँदै जाँदा कसले अधिकार दिलाएको भन्ने कुरा जनताले बुझ्दै जानेसमेत दाबी गरे । 
 उनले भने, ‘हामीले गरेका राम्रा काम जनतालाई बुझाउन सकेनौं । अब हामीले आर्थिक समृद्धिको नेतृत्व गर्नुपर्छ । त्यसका लागि नयाँ मोर्चा बनाउन जरुरी छ । आम युवालाई जाडेर साझा कामको सुरुवात गर्नु जरुरी छ । ’
उनले  आर्थिक समृद्धि बिना विकास सम्भव नभएको भन्दै  विकासको काममा वाइसिलयलपनि सहभागि हुनुपर्नेमा जोड दिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक