April 18, 2020

कर्णाली करिडोरमा काम थाल्ने तयारी

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोरको काम थाल्ने तयारी भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण भएको बन्दाबन्दीले करिडोरको निर्माण कार्य रोकिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् ।

karnali-corridor-3_puM1uug2F1

नेपाली सेनाले काम गरिरहेको यो निर्माणाधीन सडकको काम थाल्ने आयोजना प्रमुख तथा सेनानी मिलन कार्कीले जानकारी दिए ।

दु्रत गतिमा काम अगाडि बढिरहेको कर्णाली करिडोरको तीन हप्ताअघि बन्दाबन्दीसँगै रोकिएको थियो । ‘‘नेपाली सेनाको विकास निर्माण दलले रोकिएको काम थाल्ने तयारी गरेको छ’’, कार्कीले भने । उनी कर्णाली करिडोरको खुलालु लैफु कवाडी हँुदै सलीसल्ला सडक निर्माण दलका आयोजना प्रमुख हुन् ।

त्यस सडक खण्डमा नेपाली सेना र कामदार गरी तीन सय बढीले काम गर्दै आएका थिए । सेनाले त्यस सडक खण्डको १२३ किलोमिटर निर्माणको जिम्मा पाएकोमा बन्दाबन्दी अघिसम्म ११५ दशमलव एक किलोमिटर सडकको प्रारम्भिक ट्र्याक खोल्ने कार्य पूरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण