April 28, 2020

कर्णाली करिडोरको काम सुरु

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको त्रासले बन्दाबन्दीसँगै रोकिएको कर्णाली करिडोरको निर्माण कार्य पुनः सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनासमेत रहेको कर्णाली करिडोरको काम निर्धारित समयमा सम्पन्न गर्न निर्माण कार्य अगाडि बढाएको नेपाली सेनाले जानकारी दिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा राजन रावतले लेखेका छन् । 

‘‘कोरोना त्रासका कारण बन्दाबन्दी हँुदा करिब एक महिना अघिदेखि बन्द रहेको करिडोरको काम पुनः सुरु भएको छ’’, कर्णाली करिडोर सडक निर्माण कार्य दलका आयोजना प्रमुख इन्जिनियर एवं सेनानी मिलन कार्कीले भने ।

रोकिएको काम सुचारु भएको भन्दै ताँजाकोट गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले खुसी व्यक्त गरे । ‘‘अब करिडोरको कवाडीदेखि सलिसल्ला खण्डको काम निर्धा्रित मितिमा सम्पन्न हुने आशा पलायो’’, उनले खुसी हुुँदै भने । 

नेपाली सेनाले काम अगाडि बढाउन कामदार पठाउन गाउँपालिकासँग सहयोग मागेको र त्यही अनुसार गाउँपालिकाले कामदार पठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण