ओलीसँग आँखा जुधाएर कुरा गर्ने हिम्मत छ ?भन्दै प्रधानमन्त्रीका सल्लाहकारले यसरी दिए डा. बाबराम भट्राईलाई च्यालेज्न

 118777519_260144138324272_8231053879073345521_n

 भदौ २२काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएपछि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्विट गर्दै लेखे, ‘ गुणात्मक फड्को लगाउने अवसर उनले कनिका छरेरै बिताए। विज्ञको रुपमा आएको पाएको शंकाको लाभ पूरै खेर फाले। ओलीको निरंकुश, भ्रष्ट र गफाष्टक नेतृत्वमा यत्तिको अर्को अर्थमन्त्री आउने संभावना पनि छैन। रुनु न हाँस्नु!’

डा. भट्टराई सामाजिक संजालमा निकै सक्रिय रहन्छ। उनी विभिन्न विषयमा टिप्पणी गरिरहन्छन्। कतिपयले डा. भट्टराईको भाषा अशिष्ट भन्दै आलोचना पनि गर्ने गरेका छन्।

भट्टराई ट्वीट गरेको चार दिनपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ‘पूर्व प्रधानमन्त्रीको एक लज्जास्पद टिप्पणी’ भन्दै सोमबार विहान सामाजिक संजाल फेसबुकबाट जवाफ फर्काका छन्।

थापाले भट्टराईलाई सामाजिक मर्यादा र शिष्टता पोलेर खाएपछि सायद यस्तै हुन्छ कि? डा. बाबुराम भट्टराई देशको प्रधानमन्त्री भइसकेको सम्मानित व्यक्ति हो कि गाली शिरोमणि?’ भन्दै प्रश्न गरेका छन्। उनले डा. भट्टराईले ट्वीटमा प्रयोग गरेका केही भाषा, गालीगलोज र सन्तुलन गुमाएकोजस्तो अभिव्यक्तिबाट के बुझ्ने ? के सिक्ने ? के अनुशरण गर्ने ? भन्दै प्रश्न पनि गरेका छन्।

‘विगत तीन वर्षसम्म अर्थमन्त्री हुँदा डा. युवराज खतिवडाका राम्रा कामको पक्षपोषण महाशयले कहिले गर्नुभएको थियो र अहिले उहाँ त्यस जिम्मेवारीबाट विदाई हुँदा गोहीका आँसु झारेजस्तो गर्नु र रूवाबासीको नक्कली नाटक प्रदर्शन गर्नु?,’ थापाले लेखेका छन्, ‘अरूको सम्मान नगर्नेले लोकबाट कसरी सम्मान र मर्यादा पाउँछ? कसरी त्यसको अपेक्षा गर्नु?’

थापाले भट्टराई प्रधानन्त्री ओलीसँग आँखा जुधाएर सामुन्नेमा उभिउर ओलीको निरंकुश, भ्रष्ट र गफास्टक नेतृत्व भन्न चुनौतीसमेत दिएका छन्। थापाले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीसँग आँखा जुधाएर तपाईं सामुन्नेमा उभिएर यसो भन्न सक्नुहन्छ? (ओलीको निरंकुश,भ्रष्ट र गफाष्टक नेतृत्व… !’

थापाले ओली निरंकुश राजतन्त्र विरूद्ध गोलघर, जेल र सेलमा १४ वर्ष जेल बसिरहँदा तपाईं ‘फण्डिङ पीएचडी गर्दै हुनुहुन्थ्यो, अहिले त्यही फण्डिङको ऋण चुक्ता गर्दै हुनुहन्छ कि नुनको सोझो मात्रै भन्दै प्रश्न गरेका छन्।

थापाले विप्पा सम्झौताको प्रसंग उल्लेख गर्दै लेखेका छन्, ‘जबकि ‘विप्पा सम्झौता गरेर जुवा खेलें’ भन्ने तपाईँको आफ्नै कार्यशैली सम्झिनुस त! कस्तो थियो, प्रधानमन्त्री हुँदा जुवाडे भन्न अरूले पर्छ र?’

थापाले न्यूयोर्क टाइम्सले २०७० सालमा ‘एसियाकै भ्रष्ट महिला’ भनेर विशेष खोज रिपोर्ट प्रकाशित गरेको घटना नबिर्सिन थापाले चेतावनी दिएका छन्।
‘तपाईँं र तपाईंकी श्रीमतीको सत्तामा हालीमुहाली चल्दा नातावाद, कृपावाद र फरियावादले ‘माओवाद’ लाई पनि धरधरी रूवाएको होइन र?,’ थापाले प्रश्न गर्दै लेखेका छन्।

उनले अगाडि लेखेका छन्, ‘तपाईंको स्तरमा गिरेर लेख्न त मलाई मन छैन, तर तपाईंको तन यहाँ, मन कहाँ छ आजभोलि? यस्तो बेचैन र असन्तुलितचाहिँ किन बनिरहनु भएको हो?’  उनले लेखेका छन्, ‘तपाईं रून र हाँस्न केही गर्नु पर्दैन, बरू यस्तो लेखेर दुनियाँ हँसाउन चाहिँ छाड्नुस।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक