November 12, 2017

एकाग्रता बढाउने खानेकुराहरु यस्ता छन्

स्मरण शक्ति बढाउने, मानसिक क्षमता बढाउने विभिन्न खालका खानेकुरा वा भोजनबारे अनेकौं कुरा सुनिन्छ । तर त्यस्ता खानेकुराले साँच्चै नै स्मरण शक्ति र मानसिक क्षमता बढाउँछन् त ? हाम्रो उमेर बढ्दै गएसँगै शारीरिक र मानसिक क्षमता घट्दै जान्छ । तर पनि केही खानेकुरा र पेयलाई नियमित भोजनमा सामेल गरे हामीले मानसिक स्वास्थ्य वा क्षमता भने उमेर बढे पनि एउटा सीमासम्म कायम राख्न सक्छौं ।

zzx

 

यस्तै केही खानेकुरा र पेयबारे चर्चा गरौं ।

क्याफिनले सतर्कता बढाउँछ

आइक्यू बढाउने वा हामीलाई स्मार्ट बनाउने त्यस्तो कुनै कुरा छैन । तर केही यस्ता कुरा छन्, जसले हामीलाई फूर्तिलो र चंख पार्छन् र एकाग्र हुन सघाउँछन् जस्तो कि क्याफिन । कफि, डार्क चकलेट, एनर्जी ड्रिंकले हामीलाई छोटो समयका लागि भए पनि सतर्क राख्छन् र एकाग्र हुन मद्दत गर्छन् । तर बढी मात्रामा क्याफिन उपभोग गरे बेचैनी र असहज अनुभव हुनसक्छ ।

चिनीले पनि सतर्कता बढाउँछ

हाम्रो मस्तिष्कले सबैभन्दा बढी मन पराउने र खोज्ने इन्धनको स्रोत नै चिनी हो । यहाँ चिनी भन्नाले ग्लुकोजलाई बुझ्नु पर्छ । हामीले खाएको कार्बोहाइड्रेट र गुलियोजन्य खानेकुरा टुक्र्याएर बाट हाम्रो शरीरले ग्लुकोज प्रशोधन गर्छ । त्यसैले हामीले कुनै एनर्जी पेय वा फलफूलको एक ग्लास जुस पिउँदा छोटो समयका लागि हाम्रो शारीरिक ऊर्जा, स्मरण शक्ति, सोचविचार क्षमता र मानसिक क्षमता बढ्छ ।

तर यसको पनि धेरै मात्रामा उपभोग गरे स्मरणशक्ति क्षीण हुनसक्छ । गुलिया (खासगरी चिनी मिसिएका) खानेकुरा र पेय पदार्थको अत्यधिक सेवनबाट जोगिनु उपयुक्त हुन्छ, किनभने यसको अत्यधिक प्रयोगले मुटुसम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।

मस्तिष्क चुस्त राख्न बिहान खाजा खानुहोस्

बिहान भरसक खाजा खानु नपरोस् भन्नु हुन्छ भने तपाईंले आफ्नो मस्तिष्कलाई मन्द बनाइरहनु भएको छ । विभिन्न अध्ययनले बिहान खाजा खाँदा छोटो समयका लागि स्मरण शक्ति र एकाग्रता बढ्ने देखाएका छन् । खासगरी बिहान खाजा खाने विद्यार्थीले खाजा नखानेका तुलनामा राम्रो नतिजा ल्याउने अध्ययनले देखाएका छन् । अध्ययनकर्ताहरूले मानसिक क्षमता बढाउने खानेकुराको सूचीमा सबैभन्दा माथि अत्यधिक रेशायुक्त (गहुँ, मकै, जौ, चामललगायत) खाद्यान्न, दुग्ध पदार्थ र फलफूललाई राखेका छन् । तर अध्ययनकर्ताहरू यी सबैको पनि खाजामा अत्यधिक उपभोग नगर्न सुझाँछन्, किनभने अत्यधिक ऊर्जायुक्त भोजनले एकाग्रता भंग गर्छ । 

मानसिक क्षमता बढाउँछ माछाले

मस्तिष्कको क्षमता बढाउने पोषक तत्व प्रोटिनको गतिलो स्रोत माछा पनि हो । माछामा पाइने ओमेगा–३ फ्याटी एसिड मानसिक क्षमता बढाउने मुख्य तत्व हो । ओमेगा–३ मस्तिष्कको क्षमता बढाउन अत्यन्त प्रभावकारी छ । पर्याप्त मात्रामा ओमेगा–३ को उपभोग गरे डिमेन्सिया र मस्तिष्कघातको जोखिम घटाउनुका साथै मानसिक क्षमतामा हुने ह्रासमा पनि कमी आउँछ । साथै उमेर बढे पनि स्मरण शक्ति घट्न दिँदैन । यसले मुटुलाई पनि स्वस्थ्य राख्छ ।
त्यसैले मस्तिष्क र मुटु दुवैलाई स्वस्थ राख्न सातामा दुईपल्ट माछा खानु उपयुक्त हुन्छ ।

बदाम र डार्क चकलेट

विभिन्न किसिमका बदाम (हाडे÷कागजी बदाम, बदाम, ओखरलगायत) भिटामिन ईको राम्रा स्रोत हुन् । भिटामिन ई एन्टिअक्सिडेन्ट मात्र नभएर उमेर बढेसँगै मानसिक क्षमता ह्रास हुन नदिने प्रभावकारी भिटामिन पनि हो । डार्क (कफी रंगका) चकलेटमा प्रभावकारी एन्टिअक्सिडेन्ट विशेषता हुनुका साथै यसमा क्याफिनजस्तो उत्प्रेरक तत्व हुन्छ, जसले सतर्कता र एकाग्रता बढाउँछ । 

दैनिक एक औंस बदाम र डार्क चकलेट खानेकुरामा समावेश गरी आफ्नो मस्तिष्कलाई आवश्यक पोषक तत्वसँगै ऊर्जा, फ्याट र सुगरसमेत प्राप्त गर्न सकिन्छ ।

रेशादार खाद्यान्न

हाम्रो शरीरका सबै अंग खासगरी मुटु र मस्तिष्क रक्त प्रवाहमा निर्भर हुन्छन् । रेशादार हुने भएकाले गहुँ, मकै, चामल, जौ जस्ता खाद्यान्न (होल ग्रेन) र फलफूलले खराब कोलेस्टरोल घटाउँछन् तथा मुटुसम्बन्धी रोगको जोखिम न्यून पार्छन् । यसले रक्त नलीमा फोहर जम्न पाउँदैन, फलस्वरुप मस्तिष्कसम्म सहज रक्त सञ्चार हुन्छ र मस्तिष्कको क्षमता घट्न पाउँदैन ।

होल ग्रेनले हाम्रो शरीरलाई आवश्यक फाइबर (रेशा) र भिटामिन ई समेत उपलब्ध गराउँछ । 

ब्ल्युबेरी

जनावरमा गरिएको अनुसन्धानले ब्ल्युबेरी (निलो जामुन÷फडिरलगायत) ले मस्तिष्कलाई फ्रि ¥याडिकलले गर्ने हानीबाट जोगाउनुका साथै वृद्धावस्थामा लाग्ने अल्जाइमर्स र डिमेन्सियाजस्ता स्मरण शक्ति लोप हुने रोगको प्रभाव समेत कम गर्छ । विभिन्न अध्ययनले ब्ल्युबेरी समावेश खानेकुरा खाएका बुढा मुसाको सिकाइ र मांसपेशीको क्षमता युवा मुसाको मानसिक क्षमता बराबर रहेको देखाएका छन् ।

भिटामिन र खनिजका सप्लिमेन्ट

कतिपय अध्ययनले भिटामिन बी, सी, ई तथा बिटा–क्यारोटिन र म्याग्नेसियमलगायत खनिजका सप्लिमेन्टले मानसिक क्षमता बढाएको देखाएका छन् । तर यस्ता सप्लिमेन्ट त्यस्ता मानिसका लागि मात्र उपयोगी हुन्छन्, जसको भोजन पर्याप्त पोषणयुक्त हुँदैन । 

केही अनुसन्धानकर्ता चिनियाँहरूले उपभोग गर्ने जिनसेङ, जिङको तथा भिटामिन, खनिज र विभिन्न जडीबुटीको मिश्रणले मस्तिष्कको क्षमता बढाउनेमा आशावादी छन् । तर यसबारे पर्याप्त अनुसन्धान भने हुन बाँकी नै छ।

एकाग्रता बढाउन चाहनुहुन्छ ? त्यसो भए आफ्नो भोजनमा फलफूल, होल ग्रेन, माछाका परिकारसँगै एक कप कफी पिउनुहोस् । यसबाहेक सधैं सन्तुलित आहार लिनुहोस् भन्छन् पोषणविद्हरू । उनीहरू यस्तो सल्लाह दिन्छन् :

–    राति पर्याप्त सुत्नुहोस् (निदाउने)
–    पर्याप्त पानी पिउने
–    मस्तिष्क र शरीर स्वस्थ्य राख्न पर्याप्त व्यायाम गर्ने
–    तनावमुक्त रहन र प्रष्ट विचारका लागि ध्यान गर्ने

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी

रगत पाउन समस्या, रक्तदान गर्न आह्वान

 कात्तिक १०,भक्तपुर । पहिले पहिले रगत नपाए भक्तपुर जानु भन्ने भनाइ भए पनि अहिले भक्तपुरमै

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि