March 20, 2020

उपत्यकाबाट गाउँ फर्कने बढे

कोरोना भाइरसको सन्त्रासका कारण काठमाडौं उपत्यकामा सवारीसाधनको चाप कम हुँदै गएको छ । सरकारले शैक्षिक संघसंस्थाको पठनपाठन तथा परीक्षा स्थगित गरेपछि काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या एक्कासि वृद्धि हुँदा उपत्यकामा सवारी चाप कम हुँदै गएको हो । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले विगतको तुलनामा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी र यात्रुको संख्या वृद्धि भएको बताए ।

उपत्यकाबाट बाहिरिनेमा अधिकांश युवा तथा विद्यार्थी , बालबालिका र महिला रहेको प्रहरीले जनाएको छ ।

उपत्यकाबाट बाहिरिने मुख्य नाकामा सवारीसाधनको संख्या वृद्धि भएको छ । 

प्रहरीका अनुसार दसैं, तिहार तथा महाभूकम्प २०७२ को बेलामा जस्तै अहिले यात्रुहरु बाहिरिएको पाइएको छ । बसपार्कका टिकट काउन्टरमा सर्वसाधारणको सामान्य भीड देखि थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण