June 26, 2020

अब सिमकार्ड लिन स्वयं उपस्थित हुनुपर्ने

sharethis sharing button

 

असार १२,काठमाडौं – सिमकार्ड हराएको अथवा बिग्रिएको अवस्थामा नयाँ सिमकार्ड लिनुपर्दा ग्राहकले आफ्नो सक्कली परिचयपत्र लिएर स्वयं उपस्थित हुनुपर्ने भएको छ । 

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै सक्कल परिचयपत्र लिएका ग्राहकलाई मात्र सिमकार्ड उपलब्ध गराउन निर्देशन जारी गरेको हो । सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको फाराम चेकजाँच गरेर मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने प्राधिकरणले जनाएको छ ।ग्राहक स्वयं उपस्थित हुन नसकेको अवस्थामा कानुनबमोजिमको वारेसनामा वा अख्तियारनामा लिएर आएको व्यक्तिलाई मात्र सिमकार्ड उपलब्ध गराउनुपर्ने निर्देशन प्राधिकरणले दिएको छ ।कुनै एक व्यक्तिको परिचयपत्रको प्रतिलिपि अर्को व्यक्तिले प्राप्त गरेको अवस्थामा अनधिकृत रूपमा अन्य व्यक्तिको मोबाइल नम्बरमा पहुँच पुग्न गई बैङ्किङ, इमेल, सामाजिक सञ्जाल र अन्य डिजिटल सेवा तथा डेटासम्म पहुँच पुग्ने र सुरक्षा खतरा हुने भएकाले यस्तो व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । निर्देशन पालना नभएको अवस्थामा दूरसञ्चार ऐनबमोजिम कारबाही हुने प्राधिकरणले स्पष्ट पारेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण