७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

काठमाडौं,भदौ ८,नेपालमा गत आर्थिक वर्षमा रू. ७ अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम सम्मेलनको बढ्दो प्रवृत्ति, सरकारी सेवाहरूमा पनि अनलाइन संस्करणको बढ्दो अभ्यास तथा सूचना प्रविधिमैत्री समाजका कारण नेपालमा ल्यापटपको आयात बढेको हो ।

नेपालले आयात गर्ने ल्यापटपमध्ये करीब ९३ प्रतिशत चीनबाट हुने गरेको छ भने अन्य प्रमुख स्रोत मुलुकहरूमा मलेशिया, सिंगापुर, संयुक्त राज्य अमेरिका, इन्डोनेशिया, जापान रहेका छन् । ल्यापटप आयातबापत आर्थिक वर्ष २०७७/७८ मा रू. ९९ करोड २६ लाख ७० हजार बराबरको राजस्व पनि उठेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशकै सबैभन्दा ठूलो ईन्टरनेट सेवाप्रदायक वर्ल्डलिंक,२८ वर्षमा प्रवेश

३० भदौ ,काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले आज आफ्नो स्थापनाको २७

ईन्टरनेट सेवा प्रदायकलाई सूचीकरण हुन आह्वान

२ भदौ,भक्तपुर। सुर्यविनायक नगरपालिका वडा नं.२ भक्तपुरले ईन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई सुचिकरण गर्न १५ दिने

भाद्र ३र ४ गते नि:शुल्क साइबर सुरक्षा कार्यशाला, यसरी भाग लिन सकिन्छ

बिहिबार, भाद्र २, काठमाडाैं । भोलि शुक्रबार र शनिबार साइबर सुरक्षासम्बन्धी निःशुल्क कार्यशाला हुने भएको

चीनले केरुङ–काठमाडौँ रेलवे अध्ययनमा १५ अर्ब अनुदान दिने

काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को