सम्भ्रान्त र हुनेखानेले नै खाँदैनन् हात्तीपाइलेविरुद्ध औषधि

Hattipaile-FILARIASIS१९ चैत, धनगढी । सम्भ्रान्त र हुनेखाने परिवारका सदस्यले नै हात्तीपाइले रोगविरुद्ध औषधि नखाइदिँदा रोग निवारणमा चुनौती बढेको छ ।हात्तीपाइले रोगको सङ्क्रमणबाट बढी प्रभावित जिल्लामध्येको एक कैलालीमा औषधि नखाने प्रवृत्ति छ ।

“साइड इफेक्ट हुन्छ भन्ने भ्रममा पर्दा सम्भ्रान्त र हुनेखानेले यो रोगविरुद्धको औषधि सेवन गर्न मान्दैनन्”, जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले भने, “जान्ने बुझ्नेले पनि औषधि नखाइदिँदा रोगको पूर्ण रोकथाममा समस्या देखिन सक्छ ।”

ग्रामीण क्षेत्रका बासिन्दाले औषधि खानेदर सहरी क्षेत्रको तुलनामा बढी रहेको छ । दुई वर्ष उमेरमाथिका, दीर्घरोगी, गर्भवती, सिकिस्त बिरामी, मुटु–कलेजो रोगी, मिर्गौला र छारे रोगीबाहेकका सबैले हात्तीपाइले रोगविरुद्धको औषधि खानुपर्ने भए पनि शिक्षित सम्पन्न र हुनेखानेले नै औषधि नखाने गरेको बताइएको छ ।

चार वर्षअघिको तथ्याङ्कअनुसार कैलाली जिल्लाको कुल जनसङ्ख्यामध्ये झन्डै छ प्रतिशतमा रोगको सङ्क्रमण छ । अपाङ्गताका प्रमुख दुई कारणमध्ये दोस्रो कारण हात्तीपाइले रोग नै रहेको बताइन्छ ।

नेपालमा सन् २०२०(विसं २०७६तिर) सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्यअनुरुप रोगविरुद्धको औषधि खुवाउने अभियान सरकारले चलाउँदै आएको छ । जिल्लामा यस वर्ष यही चैत ५, ६ र ७ गते सञ्चालन भएको हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियानअन्तर्गत आठ लाख १८ हजारलाई औषधि खुवाउने लक्ष्य राखिएकामा बढीमा ७० प्रतिशतले मात्रै औषधि खाएको अनुमान छ ।

“गत वर्ष ६४ प्रतिशतले मात्रै यो औषधि खाएका थिए”, भट्टले भने, “यस वर्ष ७० प्रतिशतले मात्रै खाएको अनुमान गरिएको छ ।” कतिले औषधि खाएको भन्ने यकिन विवरण भने आउन बाँकी छ । हात्तीपाइले रोग लागेमा हातखुट्टा र ग्रन्थी सुन्निने, हाइड्रोसिल हुने, स्तनमा गिर्खा देखिनेलगायत समस्या देखिने भई समयमै उपचार हुन नसकेमा मानिसमा अपाङ्गता हुने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

पक्षघातको औषधी निःशुल्क उपलब्ध हुने : स्वास्थ्य मन्त्री पौडेल

माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने

जलवायु परिवर्तनले २०२४ मा विपत्ति निम्त्यायो

पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली

तिहारमा दाजुभाइलाई स्वस्थ उपहार

पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस  कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा

गणतन्त्रलाई बलियो बनाउन एमालेसँग सहकार्य गरेका हौँ’

 असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस

यस वर्षको नीति तथा कार्यक्रममा योग र ध्यान विशेष प्राथमिकतामा: उपप्रधानमन्त्री श्रेष्ठ

 वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने