August 9, 2022

वातावरण प्रदुषणको चुनौती  र समाधान 

पीपुल नेपाल । श्रावण २४, काठमाडौं  । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति लगायतका सबै सन्तुलित अवस्था वातावरण हो ।

प्रकृति,जीवन, मानव निर्मित तत्वहरू, समाज र संस्कृतिको समष्टिगत रुप नै वातावरण हो । वातावरणमा समावेश भएका हरेक तत्वहरु सन्तुलित रुपमा आफ्नो क्षेत्र, स्थान र समयमा अवस्थित हुन्छ ।

वातावरण भौतिक, रसायनिक र जैविक, साथै सामाजिक र सांस्कृतिक जस्ता विभिन्न घटकहरू मिलेर बनेको हुन्छ । यी अवयवहरू, मूर्त र अमूर्त, एक अर्कामा सम्बन्धित छन् । तिनै तत्वहरुले नै पृथ्वीको हरेक ठाउँको जीवनको विशेषता र विकास स्थापित गर्दछ ।
भौगोलीक, जैविक तथा रसायनिक तत्वहरुको सन्तुलित सेटलाई हामी सन्तुलित वातावरण भन्न सक्छौं ।

वातावरणको कारक तत्वहरूका उदाहरणका रुपमा जनावर, बोटबिरुवा, मानव, माटो, हावा, पानी, मौसम, भू–विज्ञान, सांस्कृतिक अभिव्यक्ति, सामाजिक र आर्थिक सम्बन्ध, व्यावसायिक पेशा, शहरी योजना, सशस्त्र टकराव आदि हुन् ।

वातावरण प्रदुषण : 
हामीले देखेका वातावरणमा असन्तुलन आउनु भनेको वातावरण प्रदुषण हो । हाम्रो वरपरको वातावरण सफा नहुनु र प्राकृतिक अवस्थामा आउने नकारात्मक प्रभाव नै वातावरण प्रदूषण हो । अहिले वातावरण प्रदुषण विश्वव्यापी समस्या बनेको छ ।

वातावरण प्रदुषणलाई वायु प्रदुषण, ध्वनि प्रदुषण, खाद्य प्रदुषण, औद्योगिक , भुमि, दृश्य प्रदुषण … आदि विभिन्न प्रदुषणको रुपमा लिन सकिन्छ । हावा, पानी, जमिन आदिमा विभिन्न कारणले भौतिक, जैविक तथा रासायनिक पविर्तन आई तिनीहरुको गुणस्तरमा ह्रास आउने प्रकियालाई हामी वातावरणिय प्रदुषण भन्न सक्छौं ।

वर्तमान अवस्थामा मानवीय क्रियाकलापले वातावरणमा नकरात्मक असर पुर्‍याएको छ । विगतदेखि नै मानवीय क्रियाकलापका कारण प्राकृतिक वातावरणको गलत प्रयोग बढिरहेको छ । जसलाई वातवरण प्रदुषको रुपमा लिन सकिन्छ ।

मानव सजिव प्राणी हो । जसले वातावरणमा सबैभन्दा धेरै हस्तक्षेप गर्दछ । वातावरणीय सन्तुन विग्रन्छ । वातावरणको सन्तुलित प्रयोगबाट नै सवैको कल्याण हुन्छ । वातावरणको परिमार्जन गर्नु वा श्रोतहरू अनुचित प्रयोगबाट विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ ।
मानवीय क्रियाकलापद्वारा प्राकृतिक स्रोतहरूको दुरुपयोग  तथा दोहन हुनु नै वातावरण प्रदुषणको रुपमा लिन सकिन्छ ।

हाल भइरहेको गैरमानवीय  क्रियाकलापले वातावरणीय प्रदूषणमा वृद्धि भएको पाइन्छ  । वातावरणिय तत्वहरूको उपस्थितिमा असन्तुलन हुँदा त्यसले स्वास्थ्य, सुरक्षामा हानी गर्दछ ।

इको–सिस्टमको जीवित अवस्था र प्राकृतिक विशेषताहरू जोखिममा पार्नु वा अर्को शब्दमा वातावरणीय प्रदूषणले हावा, पानी र माटो, साथै वनस्पति र जीवजन्तुलाई ठूलो क्षति पुर्‍याउँनु लाई वातावरण प्रदुषण भन्न सकिन्छ ।

मानिस नै वातवरण प्रदुषणको मुख्य कारक तत्व हो । हाम्रो दैनिकि अनि- बानि- व्यवहार यति बेला प्रकृतिको विनासको कारक बनेको छ । दिन प्रतिदिन बढ्दै गरेको वन विनास, अव्यवस्थित तथा अप्राकृतिक शहरिकरण, अप्राकृतिक रहन-सहन -संस्कार -शिक्षा , बढ्दाे जनसंख्याकाे चाप, वातावरण सम्बन्धि ज्ञानको कमी, गरिबी, भ्रष्टाचार र शक्तिशाली राष्ट्रहरुका गैरजिम्मेवारीपनका कारण सुख्खा, खडेरी,  अतिबृस्टि, अनाबृस्टि, जीव तथा बोटबिरुवाहरु लोप हुने, घातक रोग फ़ैलिने आदि भएको  पाउछौं ।
त्यसो त हाम्रा पिता ,पुर्खाले बाँचेको उमेर हामीले बाँच्न पाउने कल्पना गर्न नि सकिन्न , कहाँ हाम्रा पिता पुर्खा अर्गानिक खानपानमा हुर्केका कहाँ हामी विषादी युक्त तरकारी र फलफुल खाने दैनिकिमा ।

 पछिल्लो समयको तथ्यांक हेर्ने हो भने विश्वमा प्रति वर्ष २५ लाख हेक्टर भन्दा बढी वन क्षेत्र घटीरहेको छ । करिब ३५ लाख भन्दा बढी जमिन भु–क्षयबाट असर परेको देखिन्छ । यि सबैको कारण बढ्दो जनसंख्या र प्रकृति माथिको अव्यवस्थित दोहन् नै हो । वातावरण भौतिक, रसायनिक र जैविक,सामाजिक र सांस्कृतिक जस्ता विभिन्न घटकहरू मिलेर बनेको हुन्छ । यि सबै तत्व एक अर्कामा सम्बन्धित छन् र हरेक ठाउँको जीवनको विशेषता र विकास स्थापित गर्दछ । मानव क्रियाकलापले वातावरणमा नकरात्मक असर पुर्‍याईरहेको छ । जसका कारण हरेक दिन वनस्पति र जीवजन्तु लोप हुँदैछ, औद्योगिकीकरणले वातावरणीय प्रदूषणको स्तर बढाएको छ, जनसंख्या बृद्धि निरन्तर भइरहेको छ र प्राकृतिक स्रोतहरू अनियन्त्रित रूपमा खपत भइरहेको छ जसको बदलामा हामि विनाश निम्ताईरहेका छौं ।

वातावरणिय सन्तुलनको वेवास्ता गर्दै गरीएको औद्योगिकीकरणले वातावरणीय प्रदूषणको स्तर बढाएको छ । निरन्तर रुपमा भइरहेको जनसंख्या वृद्धिले पनि वातावरण प्रदुषण्लाई प्रत्साहन गरेको देखिन्छ । उक्त जनसंख्या वृद्धिले प्राकृतिक स्रोतहरू अनियन्त्रित रूपमा खपत हुने र वातावरणिय सन्तुलन विग्रिने गर्दछ । विश्वमा भईरहेको वातावरण प्रदुषण हामिले सन्तुलन गर्न हाम्रो दैनिकि अनि हाम्रा प्राकृतिक दोहन गर्ने क्रियाकलापमा सन्तुलन गर्न जरुरी छ ।

अहिले देश संघियतामा गए पश्चात हरेक गाउँ गाउँमा सिंहदरबार भन्ने नारा जति सुनिन्छ त्यति नै वातावरण तिनै शब्द पछिको गुन्जनले क्षत विक्षत छ । हरिया डाँडा पाखाहरु विकासका नाममा नयाँ निर्माण गरिएका सडक पूर्वाधार र बाटोका कारण ध्वस्त भईसकेको छ । वन जंगल, जल श्रोत यिनै अव्यवस्थित वस्ती अनि विकासका कारण अफ्ठेरोमा छ । हामिले चाहेको दिगो विकासमा प्राकृतिक श्रोतको दोहन पछिको अवस्था मात्रै छ, हरेक पाखा पाखामा बनिने बाटोहरु, हरेक क्षेत्रमा भईरहेको शहरिकरणले वातावरणलाई तीर हान्ने काम गरेको छ ।
हामी जब सम्म वातावरण भनेको पृथ्वी हो भन्ने बुझ्न सक्दैनौ तब सम्म हामीले हाम्रो वातावरण जोगाउन सक्दैनौं । हरेक वर्ष जुन ५ तारिखमा बनाईने वातावरण दिवसका दिन हेर्ने हो भने हाम्रा सामाजिक संजाल र संचार माध्यममा वृक्षारोपण र सरसफाई गरेका तस्विर हेर्न सुन्न र देख्न पाईन्छ । हामि वातावरण सफाई पर्वका रुपमा लिई रहेकाछौं । अनि यसको प्रयोग चै अधिकार सम्झिरहेका छौ । यसले आगामी पुस्तालाई स्वच्छ हावा र वातावरण हस्तान्तरण गर्न सक्ने अवस्था देखिन्न । समयमा वातावरणको प्रदुषण रोक्न अनि वातावरण संरक्षणमा हातेमालो गर्न सकिएन भने हामि हाम्रा पुस्तालाई रोगि कोठामा जन्म दिन बाध्य हुनेछौं ।

वायु प्रदुषणबाट हुने दमका रोगीहरु हरेक घरघरमा हुनेछन् , त्यसैले समयमा यस विषयमा सबैको ध्यान जान जरुरी छ ।
जुन ५ लाईमात्र वातावरणको महत्वका बारे सचेतना दिनेअनि जागरुक बनाउने दिनका रुपमा मनाउने परिपार्टिको विकास गरियो भने हामी हरेक दिन रोगको शिकार बन्नेछौं ।
हरेक दिनलाई जुन ५ बनाउन सकियो भने हामी हरेक दिन स्वच्छ हावा अनि स्वस्थ जीवन जिउन सक्नेछौं ।

वातावरण प्रदुषणका कारणहरुः
१. अव्यवस्थित औद्योगिक विकास गर्नु ।
२. जथाभावि उत्खनन् गर्नु ।
३.वैज्ञानिक तथा वातावरणमैत्री  कृषि प्रणालि अबलम्ब नगर्नु ।
४.जथाभावि फोहोर गर्नु वा व्यवस्थापन नगर्नु ।
५. प्लाष्टिकहरुको प्रयोग तथा प्लाष्टिक जन्य वस्तु जलाउनु ।
६. पुराना सवारी साधनहरुको प्रयोग गर्नु।
७. वन जंगलको विनास गर्नु , बृक्षारोपन कार्यमा कमी हुनु।
८. वातावरण शिक्षको कमि तथा जनचेतनामा कमि हुनु ।                ९.कार्बन उत्सर्जन हुने गतिविधि पहिचान गरेर त्यस्ता गतिविधिमा रोकथामको प्रयासमा कमि हुनु ।                          १०. बसाई सराईमा ब्यबस्थित नहुनू ।  ११. बढ्दाे  तापक्रमलाई चिस्याउने प्राकृतिक चिस्यान केन्द्रको रुपमा रहेको हिम क्षेत्रको संरक्षणमा विशेष पहल नहुनु ।        वर्तमान समयमा भइरहेको अव्यवस्थित औद्योगिक करणले वातावरणलाई प्रदुषित वनाएको छ । वातावरण मैत्रि उद्योगधन्दा र कलकारखाना नहुनु आजको समयमा ठुलो समस्या वनको छ । उद्योगबाट उत्पादित फोहोरहरुको उचित व्यवस्थापनमा वेवास्ताले वातावरण प्रदुषणलाई सघाउ पुर्‍याएको छ ।

विभिन्न विकासका वाहानामा वातावरणिय सन्तुलनमा खलल आउने गरी जथाभावी उत्खनन् गर्नु वातावरणको लागि हानीकारक बनेको छ । पर्यावरणिय सन्तुलनलाई नै चुनौति दिँदै भइरहेको विकास पूर्वाधारको कामहरुका कारण वातावरण प्रदुषणमा ठुलो भूमिका खेलेको देखिन्छ । सडक निमार्ण तथा अन्य भौतिक पूर्वाधारको निर्माणको लागि वन जंगल फडानि गरी भौगोलिक अवस्थाको जानकारी नै नलिइ भइरहेको उत्खनन्ले वातावरण प्रदुषणलाई प्रसय दिइरहेको छ ।

कृषि क्षेत्रमा भएका विभिन्न प्रकारका आविष्कारको प्रगो नगर्दा पनि वातावरण प्रदुषण भइरहेको छ । कृषि कार्यमा भएको यन्त्रीकरणलाई वातावरण मैत्री वनाउन तर्फ भइरहेको आविष्कारको उचित प्रयोग, विषादीको अनुचित तवरबाट भइरहेको प्रयोगले वातावरण प्रदुषणको कारण बनेको छ ।शहर बजार तथा उद्योगबाट उत्पादित फोहोर मैलाको उचित व्यवस्थापन गर्दा वातावरण संरक्षणमा सघाउ पुग्ने गर्दछ । फोहोर मैलाको व्यवस्थापनमा वेवास्ता गर्दा वातावरण सन्तुला विग्रन्छ । वातावरणिय विभिन्न तत्वमा असर पुग्ने गर्दछ । वातावरण संरक्षणका लागि शहर बजार तथा उद्योगहरुबाट निस्केका फोहोर मेलाको उचित व्यवस्थापन जरुरी देखिएको छ ।

बढी मात्रामा प्लाष्टिक र प्दलाष्टिक जन्य सामग्रीको प्रयोग र व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषित हुने गर्दछ । घरमा प्रयोग भएको प्लाष्टिको झोला र प्लाष्टिक जन्य सामानहरु जलाउँदा उच्च मात्रामा रसायनहरु हावामा मिसिनछ र प्रदुषण बढ्छ ।

पुराना सवारीसाधनको प्रयोले गर्दा वायु र ध्वनी प्रदुषणलाई प्रसय दिएको देखिनछ । पुराना सवारी साधनाको इन्जिन पुरानो हुने भएकाले बढी धुवा फाल्ने र चर्को आवाज आउने हुन्छ फलस्वरुप यसले प्रदुषणलाई टेवा पुर्‍याउछ ।

वनजंगल विनासले वातावरण प्रदुषणमा ठुलो भूमिका खेल्दछ । प्रदुषित वातावरणलाई वन जंगलले केही हद सम्म सन्तुलित राख्ने काम गर्दछ । मानिसलाई बाँच्नका लागि आवश्यक पर्ने अक्सिजन वन जंगलबाट नै पाउने भएकाले वातावरण प्रदुषण रोक्न वन विनाशलाई रोक्नु जरुरी छ ।
वातावरण संरक्षणको लागि हरेक नागरिकहरुलाई सुशुचित गर्न जरुरी हुन्छ । प्रदुषणका हरेक क्रियाकलाप मानिससंग जोडिएकाले जनचेतना अभिवृद्धि बाट नै संरक्षणको कार्यमा सफलता मिल्छ ।

वातावरण प्रदुषणका कारण ओजोन तहमा विनाश हुने ,दिर्घ रोग लाग्ने, मौसममा परिवर्तन हुने, अम्ल वर्ष हुने, श्वासप्रश्वासमा असर गर्ने,कृषि उत्पादनमा ह्रास आउने, वन्यजन्तुको लोप हुने तथा विश्वव्यापि उष्णता र हरित गृहमा प्रभाव हुने गर्दछ ।

वातावरण संरक्षण : 
हाल पर्यावरणको जीवनको अभिवृद्धि गर्नु अत्यावश्यक भइसकेको छ । वातावरणको संरक्षण आवश्यकता महत्वपूर्ण र चुनौतिको विषय बनिसकेको छ । भविष्य पुस्ताहरूको जीवन सुनिश्चित गर्नु वर्तमान अवस्थामा अपरिहार्य देखिएको छ ।
वातावरणको संरक्षण सरकार र ठूला कम्पनीहरूका साथै सबै नागरिकहरूसँग सम्बन्धित छ । वातावरण प्रदूषणको प्रत्यक्ष असर मानिसलाई नै पर्ने भएकाले संरक्षणलाई जोड दिनु हामी सबैको दायित्व हुन आउँछ ।

‘वातावरणको रक्षा मान जातीको सुरक्षा’ भने जस्तै वातावरणको संरक्षणले हामीलाई दिगो जीवनको लागि अनुमति दिने गर्छ ।
केही उदाहरणहरू हरितगृह प्रभाव, ओजोन तहको कटौती, वन फँडानी र बोटबिरुवा र पशु प्रजातिहरूको लोप हुन इको–सिस्टमको प्रदूषणबाट उत्पन्न हुन सक्छ ।

पृथ्वी हाम्रो घर हो र सबै जीवित प्राणीहरूलाई बाँच्नको लागि तिनीहरूको राम्रो अवस्था चाहिन्छ ।
यो सम्भव छ जनताको सचेतना, शिक्षा र प्राकृतिक संसाधनको सचेत उपयोग गरेर । वातावरणको सन्तुलन मात्र सम्भव छ यदि हेरविचार गरियो र एक व्यावहारिक र तर्कसंगत प्रयोग तत्वहरू बने जुन प्रकृतिले हामीलाई दिन्छ र त्यो व्यक्ति सिर्जना गर्न सक्षम छ ।
आणविक रासयनिक तथा जैविक हातहतियारहरुको उत्पादनमा बन्देज लगाउने, तथा हरेक दिनलाई जुन ५ जस्तै वातावरण दिवस बनाउन आजै देखि पहल कदमि बढाउन जरुरी छ ।

वातावरण प्रदूषण रोक्नका लागि वृक्षरोपणमा जोड दिईवन विनाश रोक्नुपर्छ । पुराना सवारी साधन चलाउन रोक लगाउनु पर्छ । वातावरण सफा र स्वच्छ भएमा मात्र हामी निरोगी बन्न सक्छौँ ।

त्यसैले वातावरण सफा र स्वच्छ राखि दिगो विकासको अवधारणलाई आत्मसाथ गर्दै ,सरकारले प्रदुषण मापदण्ड कडाईका साथ लागु गरी हरेक घर घरबाट निस्केका फोहोरहरुलाई पुनः प्रयोग गर्ने प्रविधिको विकास गरी हरेक फोहोरलाई मोहोर भन्ने नाराले सार्थक पाउन सके मात्र हामि रहन्छौ । तर्सथ वातावरणको संरक्षण र प्रदुषण नियन्त्रण गर्नु हामी सबैको दायित्व हो ।

वातावरण प्रदुषणको रोकथामका उपाय : 
वातावरण प्रदुषण यसको समयमा रोकथाम गर्न सकिएन भने हामि हाम्रो जिवनलाई स्वस्थ अनि दिगो बनाउन सक्दैनौं ।
त्यसैले समयमा जनचेतना फैलाउन अनि वातावरण शिक्षाको व्यवस्था गर्न अत्यन्त आवश्यक छ । हरेक स्थानिय तहले प्रदुषणमा कमि ल्याउन निति तथा कार्यक्रममा समेटि हरेक नागरिकलाई जागरुक बनाउन जरुरी छ ।
वातावरण संरक्षणमा नेपाल सरकारले विभिन्न नीति लीएको छ । वातावरण संरक्षणका लागि नेपाल सरकारले राष्ट्रिय कृषि-वन नीति–२०७६, राष्ट्रिय जलवायु परिवर्तन नीति, २०७६, राष्ट्रिय वातावरण नीति, २०७६ जस्ता थुप्रै नीति लिएो छ ।
उक्त नीतिमा आधारीत भएर सरकारले विभिन्न कार्यक्रम समेत लिने गरेको छ । आगामी आर्थिक वर्षको बजेटमा समेत नेपाल सरकारले वातावरण संरक्षणलाई प्राथमिकतामा राखेको देखिन्छ । तर ती विविध वातावरण संरक्षणका लागि ल्याईएका नीति तथा बजेट कार्यान्वयनमा भने ठुलै चुनौति देखिन्छ ।
हरेक स्थानीय तहले फोहोर मैला व्यवस्थापनका कार्यक्रम आफ्ना आगामि बजेटमा समेटेको पाईन्छ तर दिगो रुपमा फोहोर मैलाको पुनः प्रयोग गर्ने कार्यक्रममा भने चासो कम देखिन्छ ।
फोहोर संकलन गर्ने स्थानिय तहले जथाभावि फोहोर वन क्षेत्रमा फाल्नाले वातावरण दिनानुदिन बिग्रदै गईरहेको छ । उचित फोहोर व्यवस्थापन तथा पुनःप्रयोगमा अध्ययन गरि वैज्ञानिक प्रणालि अबलम्बन गरि वातावरणको क्षेत्रमा काम गर्नु आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री बासुदेब थापालाई हस्तान्तरण

१४ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख श्री

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

अमेरिकी सहायक विदेशमन्त्री ट्रुडो काठमाडौँ आईपुगिन

काठमाडौँ, १२ असोज । अमेरिकी विदेश मन्त्रालयको विश्वव्यापी सार्वजनिक मामिला हेर्ने कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ ट्रुडो

मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

११ असोज,भक्तपुर । नेकपा (एमाले) मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा बडा

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत