काठमाडौं – नायिका रेखा थापा स्टारर ‘पलाँस’ फिल्म देशभर प्रदर्शनमा छ । नगरबधुको चुनौतीपूर्ण चरित्रमा अभिनय गरेकी रेखालाई फिल्ममा कामेश्वर चौरासिया र अयुब केसीले साथ दिएका छन् ।
यसअघि ‘रेशम फिलिली’ मा हरियाको भूमिकामा जमेका कामेश्वर ‘पलाँस’ मा पनि जबरजस्त देखिएको फिल्म हेरेपछिका दर्शकले बताएका छन् । त्यसो त फिल्मको सुरुवाती व्यापारमा रेखाको स्टारडमले उल्लेख्य असर देखाउन सकेको छैन । जबकि फिल्मले सोलो रिलिज पाएको हो ।
कृषा चौलागाईंको निर्माणमा सुभास कोइरालाको निर्देशन रहेको फिल्मले बिहीबार नै राजधानीको क्युज सिनेमामा प्रिमियरसमेत गरेको थियो । प्रिमियरमा फिल्मका निर्देशक कोइरालाबाहेक सबै युनिटको उपस्थिति थियो । निर्देशक कोइरालाले फिल्मको जिम्मेवारी सबै नसकिदिएको भन्दै निर्मात्री कृषा असन्तुष्ट थिइन् । फिल्मको केही छायांकनदेखि सम्पादन सबै कृषाले आफ्नै पहलमा सकाएकी थिइन् ।
बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन् । उनी १३ अप्रिलमा नेपाल
भदौ २४, काठमाडौं : चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा
काठमाडौं, माघ २६ : नेपाली समयअनुसार सोमबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ। यसपटक
काठमाडौं । हृदयघातका कारण निधन भएका स्वर्गीय केशव भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको
काठमाडौं, २७ असोज । हेमराज बिसीले निर्देशन गरेको नेपाली कथानक चलचित्र ‘घामड शेरे’को ट्रेलर सार्वजनिक
मुम्बई । ऋतिक रोशन र टाइगर श्राफ अभिनित चलचित्र ‘वार’ ले भारतीय बक्स अफिसमा उत्कृष्ट