यी हुन हृदयघातका कारणहरू, मुटु जोगाउन डा. कोइरालाका टिप्स

heart_1हृदयघात अकस्मात् हुन्छ । तत्काल आपतकालीन व्यवस्थापन हुन नसके मानिसको ज्यानै समेत जानसक्छ । बाँचिहालेपनि स्वस्थ र स्तरीय जीवनको महसूस हुनेगरी बाँच्न नसकिने वा जीवनभर परावलम्बी र पराश्रित भएर बाँच्नुपर्ने पनि हुने हुँदा जोखिम र कारकहरूलाई निदान गरेर हृदयघातको जोखिमबाट जोगिनुपर्छ ।

वर्षैपिच्छे संसारभर एक करोड ७५ लाख मानिस हृदयघातको कारण ज्यान गुमाउँछन् । मर्नेहरूमध्ये ७४ लाख मानिस केवल हार्ट एट्याक (हृदयघात) र ६७ लाख मानिस ब्रेन एट्याक (मस्तिष्कघात) का कारणले मर्छन् ।

सन् १९२० देखि अमेरिकामा, सन् १९३० देखि बेलायतमा १९८० देखि नेपाल, भारत, मलेसिया, मौरिसस र श्रीलंकाजस्ता देशमा महामारीको रूपमा देखा परेको यो रोग विश्वभर प्रतिवर्ष मर्नेहरूको मृत्युको प्रमुख कारण भइरहेको छ । अस्पतालमा इमरजेन्सी र सघन उपचारकक्ष बनाउनुको प्रमुख कारण पनि यही हो ।

यसरी धेरै मानिस मारेर संसारकै सबभन्दा ठूलो हत्यारा कहलिएको यो रोग विशेषतः मुटुलाई रक्त आपूर्ति गराउने कोरोनरी धमनीको रोग हो । यी धमनी वा धमनीका शाखाभित्रै अकस्मात् रगत जम्न जाँदा, जमेको रगतको थेग्लाले धमनी थुनिदिँदा, थुनिएको भागभन्दा अगाडिका हृदयपेशीहरू अक्सिजन र पोषण तत्त्वहरूको अभावमा मर्न गई देखापरेको आपतकालीन समस्या हो ।

यो रोग अकस्मात् आउने भएतापनि यसको पछाडि धमनीहरूमा कोलेस्टेरोल जम्न गई धमनी साँघु-याउने आर्थरोस्क्लेरोसिस भन्ने रोगको सिलसिला वर्षौं वर्षदेखि जोडिएको हुन्छ । धमनीहरूमा कोलस्ट्रोल जमाउन एउटा नभएर सयौं कारणहरू जिम्मेवार छन् । यो धेरै कारणहरूले हुने भएको हुँदा यसलाई बहुकारणिक रोग पनि भनिन्छ ।

सन् १९८१ मा सर विलियम्सले मुटुरोगका २४६ कारणहरूको खोजी गरेका थिए जसमध्ये ५४ वटा आनीबानीसँग, १६ वटा शरीर तथा जैविकतासँग, ४४ वटा रगत र रगतको रोगसँग, ४५ वटा अन्य रोगहरूसँग, ४४ वटा भोजन तथा पोषणसँग, १६ वटा शरीर रचनासँग १६ वटा वंशानुगत हुन् भने ५ वातावरण र ६ दबाई तथा औषधोपचारसँग सम्बन्धित छन् ।

यीे कारणहरूलाई उल्टाउन सकिने र नसकिने गरी दुई समूहमा विभाजन गरिएको छ । ४५ वर्षपछिको उमेर, पुरुष लैङ्गिकता र हृदयरोगको पारिवारिक इतिहास जस्ता कारणहरू उल्ट्याउन नसकिने कारणहरू हुन् ।

रगतमा उच्च कोलेस्टेरोल, उच्च ट्राइग्लिसराइड, उच्च एलडीएल कोलेस्टेरोल, उच्च नन एचडिएल वा भिएलडीएल कोलेस्टेरोल, निम्न एचडिएल कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेह, धुम्रपान, मद्यपान, श्रम र व्यायाम सम्मेलित नभएको जीवनशैली, मोटोपन, रेशा र चोकर नभएको मीठो खानेकुराको दीर्घकालीन सेवन, भिटामिन र एण्टी अक्सिडेन्ट नभएको खानेकुराको सेवन, आफ्ना अडान र निर्णयहरूप्रति अडिग रहने टाइप “ए” व्यक्तित्व मदिरापान र मानसिक तनाव जस्ता कारणहरू पर्दछन् । यसका अलावा विशेष रोगावस्था र केही औषधिहरूको सेवन पनि यसका कारण हुन् ।

यी जोखिम कारक तत्त्वहरूलाई चिनेर समयमै जीवनशैली परिवर्तन गरेर अमेरिका, क्यानाडा, फ्रान्स र अस्ट्रेलियाका रोगीहरूले विगत २५ वर्षमा यो रोगको महामारीलाई ५० प्रतिशतले कम गरेका छन् भने फिनल्यान्ड र जापानीहरूले ६० प्रतिशतले घटाएका छन् तर रोगका कारकतत्त्वहरूसँग अनभिज्ञ दक्षिण एसियाका शहरी जनसमुदायले भने यो रोगलाई ४०० प्रतिशतका दरले बढाएका छन् ।

उल्ट्याउन नसकिने कारणहरू

मुटुरोगका यस्ता कारणहरू पनि छन् जसलाई उल्ट्याउन वा हटाउन सकिँदैन । तर यस्ता कारणहरूको जोखिम भएका व्यक्तिले बेलैमा सचेत हुनुपर्ने हुन्छ । रोगलाई धेरै बिगार गर्ने अवस्थासम्म पुग्न दिनु हँुदैन । ती कारणहरू हुन् ः

१) उमेर : सामान्यतया हृदयघात हुने खतरा ४० वर्ष उमेर पार गरेकाहरूलाई हुन्छ । तर आजकल २५ वर्ष उमेरमा हृदयघात भएका तथ्य पनि देख्न र सुन्न थालिएको छ । उमेर बढ्दै गएपछि धमनीहरूमा समस्या आउन थाल्छ । ४० वर्षभन्दा पारीको उमेरसँगै व्यक्तिमा अन्य जोखिमहरू पनि भए हार्ट एट्याक चाँडै हुनसक्छ ।

२) पुरुष लैङ्गिकता : हृदयघातका ९० प्रतिशत घटना पुरुषहरूमा पाइएकाले वैज्ञानिकहरू पुरुष हुनुलाई पनि हृदयघातको जोखिम मोल्नु मान्दछन् । महिलाहरूलाई आस्ट्रोजन नामक सेक्स हर्मोनले हृदयघातबाट बचाउने वैज्ञानिक दाबी छ ।

महिनावारी सुकेका, पाठेघर तथा डिम्बाशयका अपरेसन गराएका, गर्भनिरोधक चक्की खाने र धेरैचोटि गर्भपात गराएका महिलाहरूलाई पुरुष बराबर नै हृदयघात हुने जोखिम रहन्छ । यसका अलावा महिलाहरूमा कम तनाव, वा सहज व्यक्तित्व कम, सुर्तीसेवन तथा धुम्रपान जस्ता अन्य जोखिम कम हुने हुनाले हृदयघात कम हुने मानिन्छ तर यी जोखिमबाट बच्न नसक्ने महिलालाई पुरुष बराबर नै हृदयघातको जोखिम रहन्छ ।

३) पारिवारिक इतिहास : हृदयघात अनुवंशिक रोग पनि हो । जुन आमा—बुवाहरूबाट सन्तानलाई जन्मजात सर्दछ । हृदयघातको इतिहास भएका र यस्ता व्यक्तित्वहरू दुब्ला पातला भएपनि उनीहरूको कलेजोले प्राकृतिक रूपमै धेरै कोलेस्टेरोल बनाउँछ, फलतः हृदय रुग्ण भई हृदयघात हुन सक्छ । यस्ता व्यक्तिहरूले जीवनशैली परिवर्तनका साथसाथै कोलेस्टेरोल कम गर्ने औषधि नियमित सेवन गर्नुपर्ने हुन्छ ।

उल्ट्याउन सकिने कारणहरू :

जीवनशैली परिर्वतन वा औषधिसेवन गरेर न्यूनीकरण गर्न वा हटाउन सकिने कारणहरूलाई उल्ट्याउन सकिने कारण भनिन्छ ।

१) उच्च रक्त संयुक्त कोलेस्टेरोल

कोलेस्टेरोल रगतमा पाइने एक किसिमको चिल्लो पदार्थ हो । यो तत्त्वको उपयोग शरीरले कोषहरूको भित्ता, नसाहरूलाई ढाक्ने झिल्ली, भिटामिन डी, स्टेरोईड हरमोनहरू र मस्तिष्कका कोषहरू बनाउन गर्ने गर्छ तसर्थ यो शरीरलाई चाहिने तत्त्व हो ।

तर यो तत्त्वको रक्त मात्र सामान्य (२०० मिनीग्राम) भन्दा ज्यादा भएमा मुटु, मस्तिष्क, अाँखा, गोडाका धमनीहरूमा जम्न गई हृदयघात, मस्तिष्कघात, दृष्टिघात, डिप भेन थ्रम्बोसिस् जस्ता समस्या गराउदछ ।
माछा, मासु, अण्डा, दूध, दही, क्रीम, मख्खन, चीज, बटर, नौनी जस्ता प्राणीजन्य चिल्लोमा मात्र कोलेस्टेरोल पाइन्छ, वनस्पतिजन्य चिल्लोमा पाइँदैन । यसरी प्राणीजन्य चिल्लोबाट प्राप्त कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुमा पु-याउनुपर्ने हुन्छ ।

डा. कोइराला

कलेजोमा बनेको कोलेस्टेरोललाई रगत भएर ट्रान्सपोर्ट गर्न केही ट्रान्सपोर्टर प्रोटिनहरू चाहिन्छन् । ती प्रोटिनहरूलाई काइलोमाइक्रोन, एलडीएल, भिएलडीएल र एचडिएल प्रोटिन भनिन्छ ।

यी प्रोटिनहरू ट्राइग्लिसेराइड र कोलेस्टेरोलसँग जोडिएपछि यसलाई काइलोमाइक्रोन, एलडीएल, भिएलडीएल र एचडिएल कोलेस्टेरोल भनिन्छ र यी प्रोटिनयुक्त वा स्वतन्त्र कोलेस्टेरोल रगतमा घुम्दा चिपचिप भई रक्तनलीका भित्ताहरूमा टाँसिन पुग्छ । फलतः रक्तनलीका भित्तामा प्लाक नामक चिल्लोको डल्लो बनाई हृदयघात वा मस्तिष्कघात गराउँछ ।

२) उच्च रक्त एलडीएल कोलेस्टेरोल

यसलाई खराब कोलेस्टेरोल पनि भनिन्छ । यो लिपोप्रोटीनले कोलेस्टेरोललाई कलेजोबाट अन्य तन्तुहरूसम्म लैजाने वाहन तथा कोलेस्टेरोलले बोक्ने मुख्य साधन हो । खानामा कोलेस्टेरोल र ट्राइग्लिसेराइडको मात्रा जति धेरै हुन्छ त्यति नै एलडीएलको मात्रा ज्यादा हुन्छ । ज्यादा भएको एलडीएल उपापचयी फ्री रेडिकलहरूसँग मिलेर रगतका नसाहरूलाई घात गर्न सक्ने विषाक्त तत्त्वमा परिवर्तित हुन पुगी रक्तनलीहरूमा सूक्ष्म घाउहरू बनाउँछ ।

यो घाउ भएपश्चात् उक्त ठाउँमा प्रदाहात्मक क्रिया शुरु हन्छ र घाउ भएको स्थानमा कोलेस्टेरोल क्याल्सियम र मृत कोषहरूले बनेको प्लाक नामक डल्लो बन्छ । यो डल्लोले नसा साँघु¥याएर उक्त अंगहरूको रक्त सञ्चारलाई प्रभावित पार्दछ । रगतमा उच्च एलडीएल भएमा यसले रक्तनलीलाई रिल्याक्स गराउने इन्डोथेलीयम डिराइभ रिल्याक्सिङ फ्याक्टरको उत्पादन कम गराउँछ र उक्त नलीहरूलाई टाइट राखिरहन्छ ।

३) उच्च भी एलडीएल कोलेस्टेरोल

यो कोलेस्टेरोललाई पनि कलेजोले कोलेस्टेरोल र तेल (ट्राइग्लिसिराइड) बोक्न बनाउँछ । ट्राइग्लिसिराइडलाई तन्तुहरूमा अनलोड गरेर आएपछि यो एलडीएल बन्छ । बनेको एलडीएल प्रतिक्रियात्मक भएर नसाका भित्ताहरूमा जम्न पुग्दछ र मुटु तथा रक्तनलीका रोग लगाउँछ ।

४) उच्च रक्त ट्राइग्लिसिराइड

ट्राइग्लिसिराइडलाई बोलचालको भाषामा खानेतेल भनिन्छ । तोरी, सूर्यमुखी, भटमास जस्ता वनस्पतीय चिल्लो पदार्थ सबै ट्राइग्लिसिराइडहरू हुन । पाचनपश्चात् ट्राइग्लिसिराइड प्mयाट्टी एसिड र ग्लिसरालमा परिवर्तित हुन्छन् ।

यी फ्याट्टी एसिड अनस्याचुरेटेड, स्याचुरेटेड र ट्रान्स प्mयाट्टी एसिडका रूपमा शरीरमा अवशोषित हुन्छन् । हृदय स्वास्थ्यका लागी पोली अनस्याचुरेटेड फ्याटलाई अलि राम्रो भने पनि स्याचुरेटेड र ट्रान्स फ्याट्टी एसिड मुटुका लागि अत्यन्त हानिकारक मानिन्छन् । सबै वनस्पति घ्यू (डाल्डा ) र रिफाइन्ड घ्यू तेल, स्याचुरेटेड फ्याट हुन् ।

तेललाई धेरै तताउँदा वा अन्य तत्त्वसँग मिसाउँदा, उमाल्दा वा ब्याक्टेरियल फरमेन्टेसन भएर तेल टुटी ट्रान्स–फ्याटी–एसिड बन्दछ । स्याचुरेटेड र ट्रान्स फ्याट्टी एसिडको सेवनले रगतमा एलडीएल कोलेस्ट्रोल र भिएलडीएल कोलेस्टेरोलको स्तर बढ्ने र एचडीएल कोलेस्टेरोलको स्तर घट्ने गर्दछ । फलतः तेलको ज्यादा वा अप्राकृतिक उपयोग पनि मुटुरोगको कारक बन्न पुग्दछ ।

५) निम्न रक्त एचडीएल कोलेस्टेरोल

यसलाई राम्रो कोलेस्टेरोल पनि भनिन्छ । यसले फ्रि कोलेस्टेरोललाई रगत र अन्य तन्तुबाट पक्रेर कलेजोमा ल्याई विसर्जन गरी रगतको कोलेस्टेरोल स्तर कम गर्न मदत गर्दछ ।

यदि रगतमा एचडीएल कोलेस्टेरोलका स्तर कम भएमा धेरै भएको कोलेस्टेरोलखाई कलेजोमा ल्यायर विसर्जन गर्ने क्रिया अवरोध हुने हुदा रगतमा अन्य कोलेस्टेरोल बढ्न गयी मुटु तथा रक्त नलिको रोगहरू लाग्दछ ।

६) उच्च टोटल कोलेस्टेरोल र एचडीएल अनुपात

यो अनुपात मुटुरोगको महत्वपुर्ण सुचानांक हो । यो अनुपात ज्यादा भएमा मुटुरोगको उच्च जोखिम रहन्छ ।

७) उच्च रक्तचाप

पन्ध्र सय मुटुरोग उच्च रक्तचापको कारण लाग्ने गर्दछ । यो रक्त नलिमा रगत बग्दा रगतले रक्त धमनीहरूमा दिएको अतिरिक्त दवाव हो । यसरी लामो समय सम्म रगतले रक्त नलीको भित्तामा दबाब दिँदा धमनीहरूको भित्री पत्र इन्डोथेलियम लेएर क्षति ग्रष्त हुन पुग्दछ फलतः उक्त भागमा कोलेस्टेरोल जम्ने र प्लाक बन्ने क्रिया द्रुत गतिमा हुन पुग्छ र हृदयरोग लाग्दछ ।

८) मधुमेह

रगतमा ग्लुकोजको मात्रा खाली पेटमा ११० मि. ग्रा. प्रति १०० मिलि लिटर र खाना खाएकाृ दुई घण्टा पश्चात १४० मि. ग्रा. प्रति १०० मिलि लिटर भन्दा ज्यादा भएको अवस्थालाई मधुमेह भनिन्छ ।

मधुमेह हुदा बढेको ग्लुकोजले स साना रक्तनलीहरूलाई क्षतिग्रस्त गर्ने र कोषहरूको कोलेस्टेरोल ग्रहण गर्ने क्षमता हुने हुँदा नसालाई क्षतिग्रस्त हुन र कोलेस्टेरोल बढ्न मदत गर्दछ । यसो हँुदा रक्तनलीहरूमा चाँडै बोसो जमी हृदयरोग लाग्दछ ।


९) मोटोपन

भोजनमै भएको वा शरीरमा आफैं बनेको चिल्लो पदार्थ उर्जामा परिवर्तीत हुन नसकी बोसे तन्तुमा जमेर बडीमास सूचकांक, ३० के.जी प्रति वर्ग मिटर भन्दा धेरै भए त्यस्तो अवस्थालाई मोटोपन भनिन्छ ।

मोटोपन भएका व्यक्तिहरूलाई धेरै किसिमका रोगहरू लाग्ने खतारा हुन्छ । मोटोपन भएकाहरूको बोसो तन्तुले र लिपोकाइन्स भन्ने केमिकल उत्पादन गर्दछ जस्लाई मुटुरोगको पनि कारक मानिन्छ । यसकासाथ मोटोपनले मुटुरोगका अन्य जोखिमहरूर्ला बढी जन्माउदछ फलतः मोटो मान्छे मुटुरोगको सिकार हुन पुग्दछ ।

१०) निष्क्रिय जीवन

मुटुरोगले श्रम र व्यायाम नगरी निष्क्रिय जीवन जिउनेहरूलाई ज्यादा मन पराउँछ । निष्क्रिय जीवन जिउदा मुटु तथा रक्तनलीलाई ब्यायाम हुन सक्दैन । ब्यायाम र श्रमबाट भाग्दा कोलेष्ट्रोलको रक्तस्तर, सुगरको रक्तस्तर र शारिरिक तौल घटाउन सकिदैन । फलत मुटुरोग चाडै लाग्ने सम्भावना रहन्छ ।

११) धुम्रपान तथा सुर्ती सेवन

धुम्रपान नगर्ने भन्दा गर्नेलाई मुटुरोग लाग्ने खतरा ४०० प्रतिशत ज्यादा रहन्छ । सुर्तीमा रहेका बिषहरूले रगतको कोलेष्ट्रोललाई अक्सीडाइज गरी झन् विषाक्त बनाउन मद्यत गर्दछ जसले धमनीहरूलाई क्षतिग्रस्त पार्दछ ।

विषाक्त कोलेष्ट्रोल झन चिपचिपे भई नसाहरूमा प्लाक बनाउन मद्दत गर्दछ । धुम्रपानले पु¥याऊने क्षती ब्यक्तिले लिएको चुरोटको संख्यासंग सिधै निर्भर रहन्छ । जसलाई सिगरेट स्कोर भनिन्छ । जर्दा सुर्ति, पान मसाला खैनी नश, गुल, बज्जर, हुक्का, कंकड जस्ता सुर्तीजन्य पदार्थहरूको पनि उत्तिकै हृदयरोग कारक हुन ।

१२.मानसिक तनाव

वैचारिक उहापोह उत्पन्न भएको मानसिक तथा शारीरिक असहजतालाई तनाव भनिन्छ । तनावले रक्तचाप, रक्त सुगर, हृदयको गति, कोलेष्ट्रोल, बोसो लग्ने क्रिया, खुन जम्ने क्रियालाई बढाउँछ । यसरी सबै कुरा बढ्दै जाँदा हृदयरोग लाग्छ ।

१३. चोकर र रेसाको कमी

रेसा र चोक्कर नभएको मसिनो मिठो खानाले मुटुलाई राम्रो गर्दैन । चोक्कर भएको खानाले विषाक्त तत्वहरूलाई अवशोषण गरी नसामा बोसो जम्न दिँदैन । मसिनो मीठो खानाले तौल पनि चाँडै बढाउँछ । फलतः मुटुरोग लाग्दछ ।

१४.भिटामिन र एण्टीअक्सीडेण्टको कमी

भिटामिन, खनिज, एण्टीअक्सीडेण्ट, र अन्य सुक्ष्म पोषक तत्वहरूले हृदयरोगबाट बचाऊछ । भिटामिन त्यसमा पनि भिटामिन ए, भिटामिन सि र भिटामिन इ नशाको भित्रीपत्रलाई स्वस्थ राख्न आवश्यक पर्दछ । भिटामिनले रगत जम्ने क्रियालाई पनि नियन्त्रण गर्दछ । मुटुलाई चाहिने अन्य पोषकहरूमा केही धातु र खनिज तत्वहरू पर्दछन । यसका अलावा एण्टीअक्सीडेण्टको पनि उत्तिकै महत्व छ । एण्टी अक्सीडेण्टले अक्सीडेण्टीव प्रतिक्रिया हुन नदिएर नशालाई क्षति ग्रस्त हुन बाट बचाऊदछ ।

१५. टायप “ए” ब्यक्तित्व

मुटुरोगले टायप “ए” ब्यक्तित्व भएकाहरूलाई धेरै पनपराऊछ । टायप ए ब्यक्तित्व भएका ब्यक्तिहरू अधैर्यवान, सधै तनावमा रहने इख राख्ने, बैरत्व लिने, आफ्नो हठ र अडानहरू छाड्न नसक्ने प्रवृतिका हुन्छन् ।

यसको अलावा यी व्यक्तिहरू सधै हतारमा रहने, समयको अक्षरसः पालना गनर्,े पुर्वाग्ग्रही, आलोचक, अभद्र ब्यवहार गर्ने, इश्र्यालु, अरुलाई दबाएर राख्ने, प्रतिसपधिर्, अहंकारी र प्रतिक्रिया वादी हुन्छन् । यस्ता ब्यक्तित्वहरूले हृदय तथा रक्तनली कमजोर बनाउछ । फलतः मुटु चाडै रोगी हुन्छ ।

१६. मदिरापान

मदिरापान र मुटुको स्वास्थ्यलाई लिएर ठूलो विवाद छ । रक्सी खानेहरूले रक्सीलाई मुटुमैत्री माने पनि तथ्य यसको ठीक विपरीत छ किनकि रक्सीमा भएको एल्डीहाइडले बोसो लाग्न मद्दत गर्छ जो मुटुमैत्री हैन ।

रक्सीले खाली क्यालोरी पनि दिन्छ । थोरै मात्रमा रक्सी पिउनु व्यक्तिका लागि हानिकारक नभएपनि रक्सी पिउनेले थोरैमात्रा पिउदैनन् । फेरी रक्सीले कलेजो आन्द्रा भुँडी तथा मस्तिस्क तथा अन्य कोमल अंगहरूलाई पनि क्षति पु-याउने हुदा त्यसको भार पनि मुटुले बेहोनुपर्छ फलतः मुटु रुग्ण हुन्छ ।

(डा. हेमराज कोइराला योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पतालका  मेडिकल डाइरेक्टर हुन् । जुन अस्पताल भरतपुर—१, वागीश्वरी, देवघाटधाम, चितवनमा रहेको छ । )

 

 

photo

NOC1-250x300