• Sample Page
☌
people Nepal
    • गृह पृष्ठ
    • समाचार
    • प्रवास
    • देश
    • प्रदेश
    • ब्लग
    • अन्तर्वार्ता
    • फीचर
    • विशेष
    • कला
    • स्वास्थ्य/ योग
    • राजनीति
    • Preeti To Unicode
ENGLISH

भाद्र १५ गते मन्त्रीहरुबाट ध्यान योग अनलाईन गुरुकुलको उदघाटन हुँदै

Posted on August 30, 2020August 30, 2020 by Tara Nidhi

 
 
 webminar with pm
 
  २०७७ भाद्र १४,ध्यान योग आरोग्य साधना नेपालले २०७७ भाद्र १५ गते दिउँसो १ः४५ बजे जुमवेबीनार मार्फत प्रथम अनलाईन गुरुकुलको सामुहिक उद्घाटन गर्ने भएको छ । देश भित्र र बाहिर छरिएर रहेका ध्यान योग आरोग्य साधना तथा यस विधा सँग सम्बन्धित विभिन्न यौगिक संघ संस्थाहरु तथा व्यक्तित्वहरुको साझा मञ्चको रुपमा गठित नेपालको पहिलो ऐतिहासिक सञ्जाल ध्यान योग आरोग्य साधना नेपालले नेपाल सरकारका पुर्व सम्माननीय प्रधानमन्त्रीद्धय  झलनाथ खनाल र डा बाबुराम भट्टराई, नेपाल सरकारका वर्तमान शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री माननीय गिरिराजमणी पोखरेल, माननीय साँस्कृतिक,पर्यटन तथा नागरिक उडड्यन मन्त्री  योगेश भटटराई,माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, माननीय भुमि सुधार व्यवस्थापन तथा सहकारी मन्त्री पद्मा अर्याल लगायतको उपस्थितिमा सामुहिक उदघाटन गर्ने कार्यतालिका तय गरिएको ध्यान योग आरोग्य साधना नेपालका संयोजक स्वनाम साथीले अवगत गराए । ध्यान योग आरोग्य साधना नेपालले पाक्षिक रुपमा हरेक महिनाको १ र १५ गते अनलाईन गुरुकुल कार्यक्रम गर्ने गरि योजना बनाएको बताउँदै संयोजक स्वनाम साथीले प्रथम उदघाटन सत्रमा नेपालका योग ध्यान क्षेत्रका पुराना अग्रज योगी नन्दन अर्याल,मानवधर्म सेवा समिति नेपालका महात्मा चमेली वाईजि एवं नेपाल ब्लु डायमण्ड सोसाईटीका संस्थापक अध्यक्ष,योग ध्यानका प्रचारक,पुर्व माननीय शुनिल बाबु पन्तको विशेष प्रस्तुति रहने जानाकारी गराए । नेपाल सरकारका पूर्व मन्त्रीहरु,संघिय एवं प्रदेश सभासदहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु,नेपाल सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक कर्मचारीहरु,गुरु,गुरुमा,आचार्य,भन्ते,स्वामी,रिम्पोछे,साधुसाध्वी,ज्ञानी लगायतको गरिमामय उपस्थिति रहने निर्धारित कार्यक्रममा आवद्धताको लागि जुम लिन्क आईडी ८३४२७६७१५० र पासवर्ड १२३४५ रहने बारे अवगत गराउँदै आयोजक समितिले योग प्रेमी,शुभेच्छुक,शुभचिन्तकहरुलाई आमन्त्रण समेत गरेको छ ।
Zoom Link:-
Join Zoom Meeting with the link :
https://us02web.zoom.us/j/83792819846
Meeting ID: 834 276 7150
Passcode: 12345

Related

सम्बन्धित

यस्ता रोग निको पार्न प्राकृतिक विधि पञ्चकर्म

आजदेखि नेपालमा हिंसात्मक द्वन्द्व नभएको प्रधानमन्त्री ओलीको उद्घोष

‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

आइएमई केबलकार चन्द्रागिरिपछि लुम्बिनीमा


 

photo

NOC1-250x300

हाम्रो बारे

  • PeopleNepal Pvt Ltd,
  • Suryabinak 2
  • +977-16201633
  • [email protected]
  • सुचना बिभाग दर्ता नं. : २४८/०७३-७४

Facebook Like

People Nepal

Our Team

  • Director :- Tara Nidhi Panta
  • Chief Editor- Durga Panta
  • Editor- Nabaraj Kafle
  • Sub-Editor- Bijaya Kumar Pokhrel, Uddhab Raj Tripathi
  • Reporter- Purna Nand Joshi, Swastika Panta,Prem Moktan (Hong Kong)

©२०१६ People Nepal/सर्वाधिकार सुरक्षित

    Design by Appharu