२८ चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बुद्ध एयरका प्रवन्धनिर्देशक वीरेन्द्र बहादुर बस्नेतलाई एफएनसीसीआई गोल्ड अवार्डबाट सम्मानित गरेको छ । ५० औं वर्ष पुरा गरेको उपलक्ष्यमा प्रज्ञाभवन कमलादिमा आयोजित एक समारोहमा महासंघले बस्नेतलाई सो अवार्ड प्रदान गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत् उनले अवार्ड ग्रहण गरेका हुन् ।
बुद्ध एयर नेपाली आकाशमा ट्रेन्डसेटर रहेको भन्दै महासंघले पुरस्कार प्रदान गरेको हो । बुद्ध एयरले स्थापनाको दुई दशक पुरा गरेको छ । यस अवधिमा बुद्ध एयरले हरेक तप्का सर्वसाधारणलाई हवाई यात्रा सस्तो, सजिलो र सुगम बनाई दिएको छ ।
बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीको साथै पर्वतीय उडान गरिरहेको छ । आन्तरिक उडानकाअलावा नियमित रुपमा भारतको वाराणसी र भुटानको पारोमा पनि चार्टड उडान गरिरहेको छ ।
पोखरामा निर्माण हुने अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्य मुलुकहरुसँग पनि सिधा उडान गर्ने बुद्ध एयरको योजना रहेको छ । यसका लागि आवश्यक गृहकार्यहरु पनि भईरहेकोछ ।
यस सफलताको पछाडि यात्रुगण, ट्राभल एजेन्सी, विभिन्न व्यवसायिक संस्थाहरु तथा बुद्ध एयरका कर्मठ कर्मचारीहरु रहेको प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बताए ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन