प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

साउन ३, काठमाडौँ : सर्वाेच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । सभामुख अग्नि सापकोटाकाे सचिवालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आजको प्रतिनिधिसभाको बैठककमा विश्वासको मत लिने भएका हुन् ।

‘विश्वासको मत लिने प्रस्ताव कानुन मन्त्रीद्वारा सभामुखमार्फत संसद सचिवालयमा दर्ता भइसकेको छ,’ स्रोतले भन्यो, ‘आजै बस्ने दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिनुहुनेछ ।’

सर्वोच्चको आदेशबाट पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह चार बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएकी हुन् । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ ।

 

photo

NOC1-250x300