२७ माघ, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवावीच नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे विवाद चर्किएको छ । यही विवादका कारण आज(बिहीबार) बस्ने भनिएको मन्त्रिपरिषद बैठकसमेत स्थगित भएको छ । प्रधानमन्त्री प्रचण्ड बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजी बनाउनुपर्ने अडानमा उभिएका छन् । प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने प्रचण्डले बताए पनि देउवाले चाहिँ तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएको स्रोतले बतायो ।
स्रोतले भन्यो, ‘देउवाजीले चन्दलाई आइजी नबनाउने हो भने राजीनामा दिन गृहमन्त्री विमलेन्द्र निधीलाई चेतानवी दिइसक्नुभएको छ, कांग्रेसका मन्त्रीहरुलाई पनि क्याबिनेटमा सिलवालको प्रस्ताव आएमा विरोध गर्न निर्देशन दिनुभएको छ ।’ सिलवाललाई नबनाउने हो भने दोस्रो बरियताका प्रकाश अर्याललाई बनाऔं न त भनेर प्रधानमन्त्री प्रचण्डले देउवालाई अप्सन दिएको स्रोतले बतायो । अहिलेसम्म बरियता मिच्दा पनि दोस्रो भन्दा तल गएको इतिहास नरहेको भन्दै प्रधानमन्त्रीले तेस्रो बरियतामा जानै नसकिने बताएका थिए । तर, देउवाले भने जसरी पनि चन्दलाई बनाउनै पर्छ भनेर अड्डी कसेपछि प्रधानमन्त्रीले आज बस्ने मन्त्रिपरिषद बैठक नै स्थगित गरिदिएका छन् ।
विहीबार बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन भनेका छन् ।
नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेका थिए । यसपटक चाहिँ बरियता मिचेर आइजी बनाउने खेलमा आर्थिक लेनदेनले काम गरेको छ कि छैन भन्ने चाहिँ बाहिर आइसकेको छैन । कांग्रेस सभापति देउवाले आइजी नियुक्तिको अधिकार नेपाली कांग्रेसले पाउनुपर्ने जिकिर प्रधानमन्त्री प्रचण्डसँग गरेका छन् । तर, प्रचण्डले चाहिँ बरियता मिचेर तेस्रोमा भएको व्यक्तिलाई आइजी बनाउन नसक्ने र यसले प्रहरी संगठनमा निराशा उत्पन्न हुने तर्क गरिरहेको स्रोतले बतायो ।
बहालवाला एआइजीहरुले पनि उपेन्द्रकान्त अर्यालसँगै फागुन ३ गतेदेखि अवशकाश पाउने भएकाले डीआइजीहरुबाट आइजी छनौट गर्न लागिएको हो । देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन् ।
चन्दले देउवाको साथ पाएका छन् । साथै उनले केही साताअघि दिल्लीको समेत भ्रमण गरेका थिए, जसलाई समेत लाइन मिलाउने प्रयासका रुपमा व्याख्या गरिएको छ । तेस्रो बरियताका डीआइजी चन्दले आफू पनि सुदुरपश्चिमको भएको र आफूलाई आइजी बनाए कांग्रेसलाई चुनाव जित्न सजिलो हुने देउवालाई आश्वासन दिएका छन् । साथै उनले कांग्रेसका विभिन्न जिल्लासभापति मार्फत् देउवालाई कन्भिन्स गरेको स्रोत बताउँछ ।
नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेका थिए । यसपटक चाहिँ बरियता मिचेर आइजी बनाउने खेलमा आर्थिक लेनदेनले काम गरेको छ कि छैन भन्ने चाहिँ बाहिर आइसकेको छैन ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष