२८ कात्तिक, काठमाडौं : नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न सुटरसहित ५ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । मुख्य योजनाकार भने अझै फरार छन् ।
यस्तै हत्यामा संलग्न भएको आरोपमा भारत, विहारका मुकेशकुमार पाण्डे, पर्साका शिवजी महतो र सन्तोष गुरुङ र काठमाडौंका प्रकाश बुढाथोकी पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पाण्डे र महतोले हतियार व्यवस्थापनको काम गरेका थिए भने गुरुङले हत्यामा प्रयोग भएको मोटरसाइकल जोहो गरेका थिए । बुढाथोकी भने समिरका सहयोगी हुन् ।
पक्राउ पर्ने मध्ये नुवाकोटका राजिव तामाङ सुटर भएको प्रहरीले बताएको छ । योजनाकार भनिएका समिरमान बस्नेत भने फरार छन् ।
गौचनको २३ असोजमा खरिबोटमा दिउँसै गोली हानेर हत्या भएको थियो ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको