काठमाडौँ । देशभरका विभिन्न ठाँउमा तिव्र रुपमा फैलिदै गएको डेंगु अहिले पूर्णतया नियन्त्रणमा आएको छ । सरकारी तवरबाट पर्याप्त प्रयास भएपछि डेंगु नियन्त्रणमा आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गत तिन चार दिनदेखि कुनैपनि जिल्लामा विरामीहरु देखिएको भन्ने जानकारी नआएकाले डेंगु पूर्ण नियन्त्रणमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिनुभयो ।
साथै प्रभावित जिल्लाहरुबाट किटको माग नआएकाले पनि डेंगु नियन्त्रणमा आएको भन्न सकिने उहाँले बताउनु भयो ।
डेंगुबाट प्रभावित कुनैपनि जिल्लामा किटको अभाव नभएको महाशाखाको दावी छ । गत साउन देखि अहिले सम्म चितवनमा ४९४, झापामा १८४, रुपन्देहीमा १८, कैलालीमा १२ र मकवानपुर, वाँके र बर्दियामा ११/११ जना सहित देशभरी ७७१ जनामा डेंगु भएको पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयको सतर्कता अभियान अन्तर्गत लामखुट्टे मार्ने र औषधी उपचार गर्नेक्रम बढेकाले रोग नियन्त्रणमा आएको महाशाखाको दावी छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका