काठमाडौं, चैत १२— बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन् ।
स्थानीय समयानुसार बिहान ४ बजे दुर्घटना भएको र मृतक सवैको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।दुर्घटना भएको ट्रकमा सिमेन्ट लोड गरिएको थियो भने, सो घटनामा ज्यान गुमाउने अधिकांश मजदुर रहेका थिए । दुर्घटनाको कारण स्पष्ट भईनसकेको प्रहरीको भनाई छ ।
बङ्गलादेशमा सडक दुर्घटनामा परी वर्षेनी धेरै जनाको मृत्यु हुने गरेको छ । राम्रोसँग मर्मत नगरेका सवारी साधन र ट्रफिक नियमहरुको उलङ्घन दुर्घटनाको मुख्य कारण भएको अधिकारीहरुले बताएका छन् ।
पिपुल नेपाल संवाददाता,२६साउन,भक्तपुर। ३७ वर्ष सरकारी स्वास्थ क्षेत्रमा कार्य सम्पादन गरेर सेवाबाट अवकाशप्राप्त पश्चात् पुनः
काठमाडौँ, २६ साउन । चीनले केरूङ–काठमाडौँ रेलमार्गको सम्भाब्यता अध्ययन अनुदानमा गरिदिने भएको छ । चीन
पीपुल नेपाल । श्रावण २४, काठमाडौं । हाम्रो वरिपरि हामीले देखेका माटो, हावा पानी, प्राणी, वनस्पति
पिपुल नेपाल संवाददाता,अन्तरास्ट्रिय ब्युरो,१८ साउन। वैदेशिक रोजगारीको लागि युरोपियन देशहरु नेपाली युवाहरुका लागि ‘ड्रिम’ कन्ट्री
काठमाडौँ, १३ साउन । दक्षिण तथा मध्यएसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बिहीबार काठमाडौं आइपुगेका
एजेन्सी, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ