people Nepal » अर्को वर्ष विद्युत प्राधिकरण नाफामा जाने कुलमानको दावी अर्को वर्ष विद्युत प्राधिकरण नाफामा जाने कुलमानको दावी – people Nepal

अर्को वर्ष विद्युत प्राधिकरण नाफामा जाने कुलमानको दावी

काठमाडौं, १७ माघ । लोडसेडिङ हटाएर सर्वत्र चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले अबको एक वर्षमा विद्युत प्राधिकरणलाई नाफा कमाउने अवस्थामा पुर्‍याउने बताएका छन् ।timthumb (3)

सोमबार पोखरामा आयोजित नेपाल साहित्य महोत्सवमालाई सम्बोधन गर्दै घिसिङले भने, ‘प्राधिकरणको अहिलेको वार्षिक १२ अर्ब रुपैयाँको घाटा र कुल ३७ अर्बको घाटालाई शून्यमा झारेर यसलाई अझ नाफामा पुर्‍याउने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ ।’

घिसिङले अर्को आर्थिक वर्षसम्ममा प्राधिकरणलाई घाटाबाट निकालेर नाफा कमाउने संस्थाको रुपमा परिणत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले अहिले पिक समयमा भारतबाट तीन सय ४० मेगावाट बिजुली आयात भइरहेकोमा बिस्तारै आयात न्यून गराउँदै जाने र भोलिको दिनमा नेपालले भारतलाई बिजुली बिक्री गर्ने अवस्थामा पनि जाने बीच आपसी निर्भरताको योजना भएको जानकारी समेत दिए ।

उनले एक फरक प्रसंगमा आफू प्राधिकरणमा आएपछि पहिले विद्युत् चुहावट नियन्त्रणलाई अभियानको रुपमा अगाडि बढाएको बताए । उनले कर्मचारीहरुलाई सबैले राम्रो पर्फमेन्स दिन आग्रह गर्दै पर्फमेन्सकै आधारमा पुरस्कार र दण्ड दिने कुरा बताएको र अहिले सबैले राम्रो काम गरिरहेको दाबी गरे ।