Facebook

सकारी ईजाजतबिनै उपेन्द्रले अस्पतालमा हेलिकप्टर लगे !

फागुन १०, ललितपुर । राज्यले साना र गरिबलाई कसरी लठ्ठी लगाउँछ र ठूला र धनाढ्यले दोहोर्याएर गर्ने अक्षम्य गल्तीलाई पनि छपक्कै छोप्छ भन्ने जान्नुभयो भने दिक्क लाग्न सक्छ ।सर्वसाधारणले सवारीचालक अनुमतिपत्र वा सवारीधनी प्रमाणपुर्जा नबोकी बाइक वा गाडी चलाउँदा समातेर जरिवाना असुल गराउने राज्यले धनाढ्य र ठालुहरुले भने अनुमति नलिई हेलिकोप्टर चलाउँदा पनि छुट दिइरहेछ […]

यस्तो छ माओवादीबाट मन्त्रीहुनेहरू र मन्त्रालयको लिस्ट

फाल्गुन ९, काठमाडौं । माओवादी केन्द्रले मन्त्री पठाए यसै साताभित्र मन्त्रिपरिषद्लाई विस्तारसहित पूर्णता दिने तयारी प्रधानमन्त्री ओलीको छ ।एमालेसित एकता गर्नेसम्बन्धी सातबुँदे सहमतिमा सोमबार हस्ताक्षर भएपछि माओवादी मन्त्री पठाउन सहमत भएको छ ।माओवादीले बुधबारसम्म सरकारमा सहभागिता जनाउने तयारी गरेको छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार नै सरकारमा सहभागिता जनाउने संकेत दिए पनि उनी आफैं चितवनतर्फ गएपछि मन्त्रीहरू कसलाई […]

बालुवाटारमा अाेलीकाे रात्रीभाेज

फागुन ९,काठमाडौं । प्रधानमन्त्री निवास   प्रधानमन्त्री भएपछि एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अाेलीले अाफ्नाे सरकारी निवास बालुवाटारमा पहिलाे पटक रात्री भाेजकाे अायाेजना गरेका छन्।भाेजमा ओलीले एमाले स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरेका छन्। भोजको शुरुमै ओलीले पार्टी एकताकाे खुशीयाली साट्नका लागि भोज आयोजना गरेको बताएका थिए।  ‘अन्य कुनै कारण छैन। पार्टी एकताकाे खुशियालीमा भाेज […]

 राजनीतिक नियुक्तिसहितको प्याकेजमा पार्टी एकता र सरकार जान्छौं : प्रचण्ड 

  काठमाडौं, फागुन ४ । काठमाडौमा फागुन ४ गते शुक्रबार भएको पार्टी निकट शिक्षकहरुको सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता र सरकार गठनका  सम्बन्धमा आएका समाचारहरु गलत भएको दावी गरेका छन् । ‘हामी हिजो(२०७४ फागुन ३ गते) नै सरकारमा नजाँदा जेजति हल्ला चलाइयो ती सबै गलत छन् । हामी अझै पनि वार्ता […]

आइसिसि एकदिवसीय विश्वकप क्रिकेटः नेपाल कठिन समूहमा

 फागुन ४, काठमाडाैं । आइसिसि एकदिवसीय विश्वककप क्रिकेटको छनोटमा पुगेको नेपालले समूह चरणमा कठिन समुहमा पुगेको छ । नेपालले अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्नुपर्ने भएको छ ।बिहिबार भएको आइसिसि विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता भएको नेपालले आगामी महिना जिम्बावेमा हुने एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटअन्तर्गत समूहगत चरणको खेलमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने पक्का […]

 सुखी नेपाली समृद्ध नेपाल बनाउछु: प्रधानमन्त्री ओली

      काठमाडौं, फागुन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले शेर्पा जातिको प्रमुख चाड ग्याल्बो ल्होसारकोे अवसरमा सम्पूर्ण शेर्पा समुदायमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार शुभकामना सन्देश जारी गर्दै नेपाल बहुजाति, बहुसाँस्कृतिक र बहुभाषिक देश भएको उल्लेख गर्नुभएको छ । यस प्रकारका मौलिक विविधतालाई प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताको प्रतिकको संज्ञा दिनुभएको छ […]

यूएर्इले टस जितेर ब्याटिङ रोज्यो, बलिङ गर्दै नेपाल

 काठमाडौं फागुन ३, डिभिजन दुर्इको फाइनलमा नेपालविरुद्ध यूएर्इले टस जितेर ब्याटिङ रोजेको छ। बुधबार क्यानडालाई पराजित गर्दै शीर्षमा स्थान बनाएको नेपालसँग आयोजक नामिबियालाई १९ रनले हराउँदै रनरेटका आधारमा दोस्रो भएको यूएईले फाइनलमा भेट पक्का गरेको हो। जारी प्रतियोगिताको यसअघि तेस्रो खेलमा नेपाल र यूएई आमनेसामने भइसकेका छन्। उक्त खेलमा नेपालले युएईलाई ४ विकेटले हराएको थियो। […]

 विश्व क्रिकेट लिग डिभिजन टूको विश्वकप छनौटमा नेपालकाे प्रवेश

फागुन २, काठमाडौं । नेपाल विश्व क्रिकेट लिग डिभिजन टूको विश्वकप छनौटमा प्रवेश गरेको छ । नामिबियामा जारी डिभिजन टुको समूह चरणको अन्तिम खेलमा क्यानडालार्इ पराजित गर्दै नेपाल विश्व क्रिकेट लिग डिभिजन २ को विश्वकप छनौट चरणमा प्रवेश गरेको हो । आजको खेलमा क्यानडासँग नेपाल १ विकेटले जित हात पारेको हो । क्यानडाले दिएको १९५ रनको […]

ओली र प्रचण्ड दुबै सहअध्यक्ष र आलोपालो’ प्रधानमन्त्री बन्ने सहमति

   फाल्गुन १,काठमाडौं । एमाले र माओवादीबीच केही समयदेखि रहेको पार्टी एकताको गाँठो फुकेको छ।पार्टी शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व, वैचारिक विषय र सांगठनिक स्वरूपमा लगभग सहमति जुटेको दुबै पार्टीका नेताले बताए। दुई पार्टीबीच एकता गर्ने सैद्धान्तिक सहमति साढे ४ महिनाअघि नै भए पनि पछिल्लो एक महिनादेखि एकताको विषयमा प्रगति हुन सकेको थिएन। एकतामा सबैभन्दा ठूलो […]

महाधिवेशनसम्म ओली-प्रचण्ड दुवै सहअध्यक्षः शर्मा

फाल्गुन १   बिर्तामोड  । माओवादी नेता जनार्दन शर्माले एमाले र माओवादी एकतापछि महाधिवशेनसम्मका लागि केपी ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष हुने बताएका छन्।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार पालैपालो प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष हुने चर्चाबीच झापाको बिर्तामोड आइपुगेका शर्माले यस्तो खुलासा गरेका हुन्। सोमबार ओली र दाहालबीचको भेटवार्ताले […]

ads