विखण्डनकारी समूहको सुक्ष्म अध्ययन गरिरहेका छौँ – प्रधानसेनापति

 

 
असोज २६, काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विखण्डनकारी समूहको सेनाले सुक्ष्म अध्ययन गरिरहेको बताएका छन् ।बिहीबार नेपाली सेनाले दशैँ, तिहार र छठ पर्वको उपलक्ष्यमा शुभकामना दिन आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति थापाले यस्तो बताएका हुन् ।भविष्यमा आइपर्ने जस्तोसुकै परिस्थितिका लागि पनि चनाखो रहेको जानकारी दिँदै थापाले भने, ‘अहिले विखण्डनकारी समूहको गतिविधिलाई राज्यले प्रहरी प्रशासनको क्षमताभित्रको विषय ठानेर होला, हाम्रो डोमेनमा यो पर्दैैन । यद्यपि, सुक्ष्म निगरानी गरिरहेका छौं । राज्यले आवश्यक ठाने सेना तयार छ ।’

उनले सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि बनेको संयन्त्रका केही पक्षमा सुधार गरिने बताए । ‘सेनाको एक्लो प्रयासले मात्र सुधार सम्भव हुँदैन, यो एकै दिनमा हट्ने कुरा पनि होइन’ उनले भने, यसलाई जरैदेखि उपचार गर्नुपर्छ ।’भर्ना छनौट वेलामा आर्थिक चलखेलदेखि शान्ति सेनाको विषयसम्ममा विभिन्न कुरा उठ्ने गरेको उल्लेख गर्दै उनले भने, ‘त्यसको जरो पहिल्याएर कारबाही सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक