१३६ तहमा ६,६२७ प्रतिनिधि चुनिँदै, तयारी अन्तिम चरणमा

काठमाडौं – स्थानीय तहअन्तर्गत तेस्रो चरणमा निर्वाचन हुन लागेको प्रदेश नं. २ को तयारी अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगका अनुसार सोमबारदेखि सबै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेर निर्वाचनको काम अगाडि बढाइने छ ।

565133273chunab

सबै तहका लागि निर्वाचन अधिकृत नियुक्त गरी तालिमसमेत लिइसकेका छन् । मतदात अधिकृत र अन्य कर्मचारी भने कार्यालय स्थापना भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले नियुक्त गर्ने आयोगले जनाएको छ ।
निर्वाचनका लागि आवश्यक मतपत्रसहित अन्य सामग्री सबै जिल्लामा पुगिसकेको छ । कार्यालय स्थापना भएपछि जिल्लामा रहेको सामग्री स्थानीय तहमा लगिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

आगामी असोज २ गते प्रदेश नं. २ का ८ जिल्लाका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा निर्वाचन हुन गइरहेको छ । 

असोज २ का लागि भदौ २१ देखि निर्वाचन कार्यक्रम सुरु हुँदैछ । १३६ स्थानीय तह रहेको प्रदेश नं. २ मा १ हजार २७१ वडा रहेका छन् । जसबाट प्रमुख-अध्यक्षदेखि वडा तहसम्म गरी ६ हजार ६२७ जनप्रतिनिधि निर्वाचित हुँदैछन् ।  
दुई नम्बर प्रदेशमा २६ लाख ६५ हजार ७९२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । 

यी हुन् थपिएका स्थानीय तह

सरकारले गत जेठ ८ गते गरेको निर्णयले त्यसअघि १२७ तह रहेकोमा १० तह थप तथा वेलावा गाउँपालिकालाई वीरगन्ज महानगरपालिकामा गाभेर १३६ पुर्याइएको थियो । 

जसअनुसार सप्तरीमा वलान–विहुल गाउँपालिका, धनुषामा धनौजी गाउँपालिका, सर्लाहीमा पर्सा गाउँपालिका, कौडेना गाउँपालिका, बसबरिया गाउँपालिका, बारामा विश्रामपुर गाउँपालिका, पर्सामा जिरा भवानी गाउँपालिका र कालिकामाई गाउँपालिका थप भएको हो । 

त्यसैगरी वीरगञ्ज उपमहानगरलाई महानगरपालिका तथा २७ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नति गर्ने निर्णय भएको थियो ।

१२७ स्थानीय तह हुँदा ७८ गाउँपालिका, ४५ नगरपालिका तथा ४ उपमहानगरपालिका रहेकोमा थप र स्तरोन्नति भएपछि १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका कायम भएका छन् ।

बाढी र थपिएका स्थानीय तह चुनौती

असोज २ गते निर्वाचन हुन लागेका जिल्लामा आएको बाढीका कारण भौतिक संरचनामा भएको क्षतिले पनि निर्वाचन तयारी तथा सामग्री ढुवानीमा चुनौती देखिएको आयोगले जनाएको छ ।

आयोग प्रवक्ता शर्माका अनुसार स्थानीय तह थप गर्दा प्रभावित ठाउँमा मतदाता नामावली र परिचयपत्र फेरि बनाउनुपर्ने भएको छ । 

त्यसैगरी मतदात केन्द्र पनि परिवर्तन गर्नुपर्ने हुनसक्ने भएकाले त्यसका लागि जिल्लाबाट विवरण माग गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।

राजपासहित सबै दल उमेदवार छनोटमा व्यस्त  

राष्ट्रिय जनता पार्टी संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने जनाउँदै आएपछि दुई नम्बर प्रदेशमा पटक–पटक चुनाव सारिएको थियो । वैशाख ३१ मा प्रदेश नं ३, ४ र ६ तथा असार १४ मा प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको थियो । दुई चरणका चुनावमा सहभागी नभएको राजपा तेस्रो चरणमा सहभागी हुने घोषणा गरेपछि निर्वाध रुपमा चुनाव हुने भएको छ ।

कांग्रेस, एमाले, माओवादी, राजपालगायतका दल आफ्ना उमेदवार छनोटमा व्यस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक