August 29, 2016

स्वास्थ्य मन्त्री थापाले सरकारको ढुकुटीवाट उपचार खर्च नलिने घाेषणा

download१३ भदौ, काठमाडौ । स्वास्थ्य मन्त्री गगन थापाले आफुले उपचारका लागि कुनै हालतमा पनि सरकारको ढुकुटीवाट उपचार खर्च नलिने घोषणा गरेका छन् । अहिलेसम्म विशिष्ट अधिकारी एवं नेताहरुले राज्यको ढुकुटीबाट लिँदै आएको उपचार खर्चसमेत रोक्ने प्रतिवद्धता मन्त्री थापाले जनाएका छन् ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताले समेत राज्यको ढुकुटीबाट रकम लिएर उपचार गराउँदै आइरहेका बेला मन्त्री थापाले नयाँ सुधारको प्रण गरेका हुन् । यसअघि दलका नेताहरुलाई सरकारले नै निर्णय गरेर उपचार खर्च बाँड्ने गरेको छ । भर्खरै प्रचण्डकै नेतृत्वमा रहेको क्याबिनेटले समेत गगन थापा स्वास्थ्यमन्त्री नहुँदै पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरिसकेको छ ।

पूर्वविशिष्ट अधिकारीहरुले विदेशमा उपचार गराउनु उनीहरुको अधिकार भए पनि राज्यले उनीहरुलाई त्यसरी उपचार खर्च दिनु सही नभएको स्वास्थ्यमन्त्री थापाले बताएका छन् । मन्त्री थापाले भने ‘कोही बाहिर गएर उपचार गर्छु भन्नु उसको आफ्नो अधिकारको कुरा हो, तर, अधिकारीका नाममा राज्यको खर्चबाट बाहिर उपचार गर्ने पद्दतिलाई रोक्नै पर्ने कुरामा मन्त्री थापाले जोड दिएका छन् ।

मन्त्री थापाले आफू विरामी हुँदा स्वदेशमै उपचार गर्ने समेत बताएका छन् । राम्रो उपचार गर्न नै जानु पर्देन नेपालमै राम्रो उपचार गराउन सकिन्छ भन्ने विस्वास समेत व्याक्त गरेका छन् । आफूले छोरीको उपचार समेत कान्ती अस्पतालमा गरेको उनले जानकारी दिए । आफूलाई ठूलै रोग लागेर बाहिर उपचार गराउनुपरे पनि आफ्नै खर्चमा उपचार गर्ने उनले प्रण गरेका हुन् ।

मन्त्री थापाले आफू मन्त्री पदमा रहँदासम्म देखावटी काममा भन्दा पनि नीतिगत सुधारमा बढी काम गर्ने बताए । उनले भने, ‘तत्कालका लागि केही गरौं भनेर देखाउन अहिलेको समयले मलाई प्रेरित गरिरहेको अवस्था हो । तर, म त्यसबाट जोगिन चाहन्छु र सुधारका काममा केन्द्रित हुन चाहन्छु’ उनले भने । यस्तै मन्त्री थापाले अनियमितता र बेथितिलाई मन्त्रालयमा कुनै ठाउँ नदिने उनले प्रंतिवद्धता जनाए ।

यस्तै स्वास्थ्य क्षेत्रको सुधार गर्नु पर्ने माग राख्दै आएका डा. गोविन्द के. सी.ले राखेको माग पुरा गर्न पहल गर्ने र मनमोहन प्रतिष्ठानबारे अघिल्लो सरकारसित समझदारी भैसकेकाले यो विषयलाई लामो समयसम्म नाराखी यथाशीघ्र सल्टाउने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक