March 2, 2018

स्वर्गको टुक्रा नर्कमा पुगेको देशको कथा–ब्यथा

 सन् २०१० सम्म सिरिया सुन्दर सुखी र शान्त देश थियो । तन र मनका सुन्दर सिरियाली भएर जन्मनु वरदान सम्झिन्थे । देश विकसित र जनता धनी थिए । खान, लाउन, पढ्न, लेख्न, हाँस्नु स्वतन्त्रता थियो । गुराँसजस्तै सुन्दर बच्चाबच्चीहरु आमाको न्यानो काखमा लुटपुटिँदै निदाउँथे ।

एक बर्षपछि सुरु हुने युद्धको रुथलेस सुनामीले ल्याउन खोजिरहेको बर्बादीबारे विल्कुलै बेखबर थिए उनीहरु । सायद नियतिलाई सिरियाली खुसी मञ्जुर थिएन । शनिको कडा नजर परेजस्तै सन् २०११ बाट सिरियाको खुसी लुटिन सुरु भयो । सिरियाको भाग्यमाथि युद्धको चट्याङ बज्रियो ।

 सुपरपावर अमेरिकाको मामुली अहम्को कारण हाँसो र खुसीमा रमाइरहेको देश हेर्दाहेर्दै आँशु र रगतमा डुब्यो । मध्यपूर्वको भूस्वर्ग सिरिया स्वर्गबाट नर्कमा फेरियो † गडबडीको चक्र त्यहीँबाट सुरु हुन्छ, जब जनताले रुचाएर जिताएका राष्ट्रपति बसर अल असद अमेरिकालाई पटक्कै मन परेन ।त्यसैले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका यी हितैषी अमेरिकी राष्ट्रपति बाराक ओबामाको ‘शत्रु’ सूचीमा चढिहाले । सोकल्ड जस्मीन रेभोल्युसन भड्काएर असदलाई दोस्रो कर्णेल गद्दाफी बनाउने अमेरिकाले विद्रोही लडाकु दस्ता बनाइदियो ।पश्चिमा हतियार र पैसाको आडमा उफ्रिएका तिनै कट्टर मुस्लिम धर्मान्ध जेहादलीहरु अन्तत आइएसमा बदलिए । आतंकको ब्यान्ड बजाउने विद्रोहीलाई अमेरिकाले बोक्यो र असद सरकारलाई रुसले काखी च्याप्यो । यसरी शुरु भयो सिरियाको तबाहीको दारुण कथा ।

सिरियामा अहिले क्रुर बमको धमाका छ । जनताका घर, महलहरु खरानीमा परिणत भएका छन् । न पढाई छ, न कमाई छ, न व्यापार छ, न घर छ, न अन्न छ, न धुन छ, न बाबुआमा छन् । छ त केवल भोक, रोग, गरिबी, अभाव, मृत्यु र बारुदको धुवाँले बनाएको निष्पट्ट अँध्यारो ! खरानीमा परिणत हुँदैछ सिरिया । कठै ! हेर्नै नसकिने युद्धपीडित बालबालिकाहरुको कारुणिक चित्कार ! सहनै नसकिने त्यो विनाशलीला !

भोक र घाउको असह्य पीडामा गुमाएका अभिभावक र भत्किएको घर सम्झँदै कहालिँदै रोइरहेका लाखौलाख टुहुरा बालबालिलकाहरुको हालत अब के होला ? अब के गर्ने ?

सिरियाको भाग्य बदल्ने गरी स्थायी शान्ति बहाल गर्न संसारभरीबाट दबाब दिऔं । जसरी दोस्रो विश्वयुद्धले ध्वस्त पारेको युरोप र जापानलाई मार्शल प्लानमार्फत भव्य पुननिैर्माण गरियो त्यसरी नै संसारभरीबाट खर्बौं डलर सहयोग गरेर सिरियालाई पहिलेभन्दा ज्यादा विकसित, धनी र सुखी बनाआंै । युद्धपीडितलाई चाहिंदो क्षतिपूर्ति दिलाऔं ।ता कि सिरियाको आकाशले चील गिद्धको उडानबाट हमेशाको निम्ति मुक्ति पाओस् । स्वच्छ आकाशमा परेवा जोडीहरु उन्मुक्त उड्न सकुन् । सिरियालीहरु आँशुको भेल तरेर हाँसोको पूmलबारीमा रम्न सकुन ।द्वन्द्व पीडित बालबालिकाहरु पहिलेभन्दा ज्यादा निर्भयका साथ जताततै हाँस्दै, खेल्दै र पढ्दै गरेको देख्न पाइयोस् र युद्धबाट तङग्रिएका सिरियालीले कुनै दिन आजको विभत्स त्रासदीलाई दुस्वप्नको रुपमा भुल्न सकुन । बुद्धको देशमा जन्मिएर मानवताको पूजारी कहलिएका हामी शान्तिप्रिय नेपालीहरुको यही कामना छ । विश्व शान्ति, मानव अधिकार र लोकतन्त्रका ठेकेदारहरु सिरियाको नरसंहारबारे किन मौन छन् ?

इराक र इजरायलको बीचमा रहेको १ लाख ८५ हजार १ सय ८० वर्ग किमि क्षेत्रफल र झण्डै अढाई करोड जनसंख्या भएको देश सिरियाको प्रतिव्यक्ति आय सन् २०१२ सम्म २ हजार ९० डलर थियो । तर युद्धले गर्दा आज त्यहाँको अर्थतन्त्र धरासायी छ । सिरिया सन् १९४६ मा फ्रान्सेली उपनिवेशबाट मुक्त भएपनि शैन्य विद्रोहको चपेटामा प¥यो ।सन् १९६७ मा भएको इजरायल–अरब युद्धमा (इजरायल तथा सिरिया, लेबनान, इजिप्ट र जोर्डनबीच भीषण युद्ध) सिरियाले गोलान हाइट र सिनाई गुमाउन बाध्य भयो । बाथ पार्टीको नेतृत्व सम्हाल्दै सन् १९७१ मा हाफेज अल असद सत्तामा पुगेपछि त्यहाँ स्थिरता र विकासको सुरुवात भयो ।झण्डै ३० बर्ष शासन गरेका हाफेजको निधनपछि उनका छोरा बल असद सन् २००० देखि अहिलेसम्म लगातार राष्ट्रपति छन् । बाथ पार्टीको वामपन्थीसहित अन्य साना ६ वटा पार्टीको सहायतामा सत्तामाथि वर्चश्व जमाएपनि अमेरिका समर्थित विद्रोहको सामना गर्नुपरेको छ । रुसले बसरको वैधानिक सत्ता जोगाउन आइएसविरुद्ध कारवाही गरेको घोषणा गरेको छ ।

अहिले संसारकै पुरानो मध्ये एक मानिने शहर राजधानी दमास्कस, डेरा, अलेप्पो, हामालगायत क्षेत्रहरु द्वन्द्वग्रस्त भएका छन् । लासहरुको पिरामिड बन्दैछ त्यहाँ रफिक हत्याकाण्ड पश्चात लेबनानमा साद हरिरी(पुत्र) सत्तामा आए ।त्यही लेबनान समर्थिन हेजबुल्लाह समूह र इरानले सिरियालाई सहयोग गर्दैछ । अमेरिकाको विश्व–नीति एकदमै विवादास्पद छ । उसैले अफगानिस्तानमा सोभियत समर्थित तात्कालीन राष्ट्रपति डा.हनिबुल्लाहविरुद्ध बिन लादेनहरुलाई मुजाहिद्दिनको भेषमा डलर र हतियार दिएर उता¥यो । त्यही समूहपछि अलकायदा बनेर अमेरिकाको टेन्सन बन्यो ।कुनै समय अमेरिकाको आशीर्वाद प्राप्त महाजीर कवामी मुभमेन्ट, लस्कर ए तोएवा, जैसे–ऐ–मोहम्मद, अंगोलाको युनिटी, हज्वे इश्लामिक, अबु सैयाफ, कुर्द मुसलमान, मुल्लाह मोहम्मद ओमार नेतृत्वको तालिवान, हक्कानी नेटवर्कलगायत विश्वभरीका इस्लामिक अतिवादीहरु यतिबेला किन पश्चिमा शक्तिको ज्यानी दुश्मन भएर निस्किए होलान् ?

सन् १९६४ सेप्टेम्बर ११ मा दमास्कसमा जन्मिएका बसरले बेलायतमा अध्ययन पश्चात बाबु हाफेजको मृत्यु लगत्तै सिरियाको शासकीय कमाण्ड सम्हालेका हुन् । हाल साम्राज्यवादी हस्तक्षेप र आइएसको आतंकको कारण गृहयद्ध भड्किएर सार्वभौमसत्तामाथि नै चुनौती खडा भएको छ ।त्यहाँ स्थायी शान्ति बहाल गरेर गृहयुद्ध समाप्त पारि सिरियालाई पुन विकासको समृद्धिको मार्गमा हिंडाउन विश्व समुदायले सिरियालाई सक्दो सहयोग गर्नुपर्ने आवश्यकता छ । असंलग्न परराष्ट्र नीतिमा विश्वास राख्ने नेपाल, चीन, संयुक्त राष्ट्रसंघलगायतका देश एवं संस्थाहरुले सिरियामा शान्ति बहाल गरेर त्यहाँ पुन विकासको मूल फुटाउन मद्दत पु¥याउनु नितान्त जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक भ्रष्टाचारका पाटाहरू

व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी

संक्रमणकालीन न्यायमा अक्षम्य उदासीनता

श्रावण ३१, २०८० शस्त्र द्वन्द्वका पीडितहरूको निराशा चुलिँदो छ । आफ्नो जीवनकालमै सत्य र न्यायको माग

नीतिगत भ्रष्टाचारको कानुनी जरा काट

नीतिगत निर्णयको नाउँमा निरपेक्ष उन्मुक्ति दिनुको कहीँकतै औचित्य स्थापित हुँदैन । औचित्यहीन अपवादलाई मान्यता दिने संविधानको कुनै

अघिअघि वेद, पछिपछि विज्ञान

 २०७९ फागुन १७ सन् २०२२ को नोवेल पुरस्कार क्वान्टम थ्योरी प्रमाणित गर्ने तीनजना वैज्ञानिक एलेन

आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले)

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान