आयालाल,गयालाल र छविलाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले दुई महिना पनी नबित्दै नेकपा (एमाले) र सत्तारूढ गठबन्धनलाई धोका दिएर फेरि कांग्रेस/मांग्रेस सहितको पुरानै गठबन्धन ब्युउताउने सहमति गरे। गत पुस १० गतेको सहमतिअनुसार प्रधानमन्त्री माओवादी केन्द्रले पाउँदा राष्ट्रपति र सभामुख एमालेको हुने सहमति भएको थियो । तर शुक्रबार बाट पुष्पकमल दाहालले ८ दलिय गठबन्धनको सहमति भन्दै राष्ट्रपतिमा  नेपाली काङ्ग्रेसको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरे । नेपाली राजनीतिमा दलबदलु ‘आयाराम–गयाराम’ प्रवृत्तिको नायकको रुपमा पुष्पकमलले आफ्नो छवि स्पष्ट बनाएका छन र ५० को दशकयताको यो ३० वर्ष उनै पुष्पकमलको अस्थिरताको कारण देश बर्बाद भएको वास्तविकतालाई पनि उनले प्रमाणित गरेका छ्न।

आयाराम,गयारामको कथा अमर बनाइदिने पात्र हुन भारतको हरियाणा हसनपुर विधानसभाबाट १९६७ मा विधानसभा सदस्य निर्वाचित भएका गया लाल पहिले उनले कांग्रेस छोडे त्यसपछि जनता पार्टी प्रवेश गरे । त्यसको केही घण्टामै उनी फेरि कांग्रेसमै फर्किएका थिए । उनले ९ घण्टामै तीन पटक पार्टी परिवर्तन गरेका थिए । उनी कांग्रेसमा  फर्किएपछि तत्कालीन कांग्रेस नेता राव बीरेंद्र सिंहले चंडीगढ पुगेर एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ‘गया राम अब आया राम हैं।’ यो घटना पछि भारतीय राजनीतिमा मात्र होइन आम जिवनमा पनि दलबदलुको लागी ‘आया राम, गया राम’ शब्दको प्रयोग शुरु भयो ।

नेपाली राजनीतिमा आयाराम,गयाराम प्रवृत्तिका मुख्य पुजारी पुष्पकमल दाहाल हुन भन्ने प्रमाण पछिल्लो घटनाक्रमले झन स्पष्ट बनाएको छ । विचार,सिद्धान्त,दर्शन र दृष्टिकोण सबै सकिएपछि मनि,माइन्ड र मसलको निम्ति,सत्ता,भत्ता र कुर्सीको निमित्त  राजनीतिको निष्ठा र स्वाभिमानलाई लिलाम गर्ने खलनायकको रुपमा पुष्पकमल दाहालले आफ्नो हैसियत प्रष्ट पारेका छन ।

गत पुस १० गते शेरबहादुर देउवालाई भेट्न बालुवाटार जान्छु भनेर हिंडेका पुष्पकमल सिधै बालकोट पुगे थिए । देउवा र दाहालको भेटवार्ताको न्युज ब्रेक गर्न पुगेका पत्रकारहरुले जब दाहाल बालकोट पुगेको थाहा पाए त्यसपछि दौडधुप गर्दै बालकोट पुगेका थिए । एमाले सहित राप्रपा,रास्वपा लगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका उनी त्यसको दुई महिना बित्न नपाउदै “ओल्लोघरको नरे पल्लो घरमा सरे” भन्ने नेपाली उखानलाई आत्मसात गर्दै देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुबै पद नदिने अडान कायम गरेपछि प्रधानमन्त्रीको कुर्सी हत्याउन उनी ओल्लो घरमा सरेका थिए । ओल्लो घरमा प्रधानमन्त्री बजाएर उनी फेरि पल्लो घरमा सरेका छन । दाहालको पछिल्लो अस्थिरताले दलबदलु मात्रै होईन राजनीति भनेको ईमान, निष्ठा र नैतिकताको आधारमा जनसेवा र राष्ट्रसेवा होईन मनि,माईन्ड मसलको निमित्त सञ्चालन गरिएको बन्द ब्यापार हो भन्ने पनि प्रमाणित गरेका छन ।

भारतीयको नेपाललाई नियन्त्रित अस्थिरता भित्र राख्ने योजना अन्तर्गत १२ बुंदे दोस्रो दिल्ली सम्झौता गरेका पुष्पकमलले त्यही योजना अन्तर्गत भारतमा फेल भएको इन्सास राइफल र पश्चिमाको बाइबलको निर्देशनमा १७०००  को ज्यान लिने काम गरे । राज्यको अरबौं सम्पत्ति नष्ट भयो । हजारौं बेपत्ता भए देशलाई १०० वर्ष पछाडी धकेल्ने काम गरे । जसको ऋण चुक्ता गर्न देशको ८० लाख भन्दा बढी युवा जनशक्ति आज विदेश पलायन हुन बाध्य भएका छन । देश नै डिप्रेसनमा लाने तथा जनतालाई निरास बनाउने अस्थिरताको खलपात्र हुन पुष्पकमल दाहाल अर्थात आयालाल,गयालाल,छविलाल।

भारतिय बिदेस सचिव बिनयमोहन क्वात्रालाई भेटेको केही दिनमा १२ बुदे समझदारीमा सहभागीहरु एक हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका उनी फेरी कांग्रेस संग टांसिन पुगेका छन । १२ बुदे सहमति भनेकै दोस्रो दिल्ली सम्झौता हो । यो नेपाली जनता माथिको अर्को ठुलो धोका र  बेइमानी थियो। भारतीय डिजाइनमा भएको पहिलो दिल्ली सम्झौता र दोस्रो दिल्ली सम्झौता पक्षधर मुख्य दलहरु नेपाली कांग्रेस र दाहाल नेतृत्वको माओवादीलाई एकै ठाउँमा राख्ने र देशमा अस्थिरता पैदा गर्ने योजना अनुरुप बनेको गठबन्धन हो देउवा,पुष्पकमल र माधव नेपालवाला नयाँ गठबन्धन ।

दाहालले भनेको राष्ट्रिय सहमति भारतका लागि कम्फर्टेवल राष्ट्रपति छान्ने षड्यन्त्र हो । नेपालको राजनिती अस्थिरता तर्फ मोड्न अहिले राष्ट्रपतिको चुनावमा इन्डोवेष्ट र पश्चिमा शक्तिको  हावि भएको छ ।  नेपालमा कम्युनिष्ट राष्ट्रपति हुन नदिने  भारतीय योजनालाई कार्यान्वयन गर्नको निमित्त केहिदिन अगाडिमात्रै नेपाल आएका भारतीय बिदेश सचिब क्वात्राको निर्देशन मान्दै उनले कांग्रेसको राष्ट्रपति उम्मेदवारलाई भोट दिने निर्णय गरेका हुन भन्ने बहस बौद्धिकहरुले शुरु गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल