सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन

 सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा अाइतबार काठमाडाैंमा आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक  ५० अर्बको कारोबार हुने र  आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो ।

महासंघका अध्यक्ष मोहनकुमार सुनारले महँगो भन्सारका कारण सुुनचाँदी व्यवसायमा समस्या परेको बताए । उनका अनुसार एक तोला सुनमा झण्डै पाँच हजार भन्सार तिरेर सुन आयात गर्न परिरहेको छ ।

महासंघले सुन आयात गर्ने अधिकार बैंक र व्यवसायी दुवैलाई दिनुपर्ने, विदेशबाट आउँदा गरगहना बनाएर ल्याउन पाउनुपर्ने, बिल बीजक भएका गहनाको ओसारपसार गर्न पाउनुपर्ने, कर घटाउनुपर्ने, सुन व्यवसायीलाई तालीम दिनुपर्ने, सुनचाँदी व्यवसायलाई आवश्यक शान्ति सुरक्षा दिनुपर्ने र विश्वका धेरै देशमा प्रचलनमा आएको ‘जेम एण्ड ज्वेलरी’ अवधारणा कार्यान्वयनमा ल्याउनुपर्ने माग गरेको छ । त्रिपन्न जिल्लामा रहेका सुनचाँदी व्यवसायीको छाता संगठनका रुपमा रहेको महासंघमा २२ हजार व्यवसायी आबद्ध छन् । यस व्यवसायबाट तीन लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको बताइन्छ ।

महासंघ स्थापनाको पाँचौँ वर्षको अवसरमा भोलि दिउँसो साधारण सभा हुँदैछ । साधारण सभाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने महासंघका प्रवक्ता मनोजकुमार शाहले जानकारी दिए । साधारण सभाका अवसरमा सुनचाँदी व्यवसायको विकास र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने दुई पत्रकारलाई प्रत्येक वर्ष ‘फेनेगोसिडा पत्रकारिता सम्मान’ प्रदान गर्ने गरिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा