March 5, 2019

सीप्यान क्रिकेट अवार्ड प्रदान गरिने, कुन खेलाडीले जित्लान अवार्ड ?

 

काठमाडौं । आज क्रिकेट खेलाडी संघ सिप्यानको आयोजनामा हुने एनसीसीएस सीप्यान क्रिकेट अवार्ड २०१९ प्रदान गरिने भएको छ । कार्यक्रममा क्रिकेटका विभिन्न विधामा पहिलो पटक अवार्ड वितरण गर्न लागिएको हो ।

काठमाडौंमा हुने कार्यक्रममा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा अवार्ड वितरण गरिनेछ । त्यस्तै, २०१८(२०१९ मा उत्कृष्ट मोमेन्ट अफ द इयर र लाईफटाइम अचिभमेन्ट अवार्ड पनि रहेको छ ।

मोमेन्ट अफ द इयरको १० उत्कृष्ट क्षण यसअघि नै सार्वजनिक भइसकेको छ भने लाईफटाइम अचिभमेन्ट अवार्डबाट एक जना पुरस्कृत हुने छन् । वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडी विधामा यसअघि नै ५(५ खेलाडीको नाम सार्वजनिक भइसकेको छ ।

Image result for CPAN Cricket award

वर्ष क्रिकेट खेलाडी पुरुष विधामा पारस खड्का, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामी छन् । त्यस्तै, वर्ष क्रिकेट खेलाडी महिलामा इन्दु शर्मा, करुणा भण्डारी, रुविना क्षेत्री, सरिता मगर र सीता रानामगर मनोनयनमा परेका छन् ।

त्यस्तै, उदयीमान क्रिकेट खेलाडीको अवार्डमा सन्दीप जोरा, अविनाश बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी र रोहितकुमार पौडेल मनोनयनमा छन् । वर्ष क्रिकेट खेलाडी पुरुषको पुरस्कार राशी १ लाख ३२ हजार रुपैयाँ छ भने वर्ष क्रिकेट खेलाडी महिला र उदयीमान क्रिकेट खेलाडीको पुरस्कार राशी ६६ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक