सांसदको प्रश्न अख्तियार प्रमुखलाई: नेताले गरेको भ्रष्टाचारमा अख्तियार किन मौन ?

  

 

१७ साउन, काठमाडौं । संसदको सुशासन समितिको बैठकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले विगत एक वर्षमा आयोगले गरेका कामको सार सुनाए ।

तर, सांसदहरुले २४ हजार उजुरी लिएर १४४ वटा मात्रै मुद्दा दर्ता भएको भन्दै आलोचना गरे । केही सांसदहरुले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारमा मौन बसेको भन्दै ठूला माछालाई छोड्ने र साना माछा मात्रै समाउने प्रवृत्ति परिवर्तन गर्न सुझाव दिए ।माओवादी केन्द्रका सांसद अमनलाल मोदीले राजनीतिक दलका नेतामाथि उठिरहेको प्रश्नमा अख्तियार मौन बस्नुले आशंका जन्मिएको बताए । उनले भ्रष्ट नेताहरु नसमातिएसम्म नागरिकले सुशासनको प्रत्याभूति गर्न नसक्ने बताए ।

अन्य केही सांसदहरुले पनि अख्तियारलाई राजनीतिक नेतृत्व, निजी क्षेत्र र अकुत सम्पत्ति आर्जन गर्ने ‘ठूला माछा’मा पनि आँखा लगाउन नसकेको टिप्पणी गरे ।तर, प्रमुख आयुक्त बस्नेतले भने अयोगको प्रतिरक्षा गरे । ‘एक रुपैयाँ भ्रष्टाचार गर्ने पनि अपराधी हो । १ अर्ब भ्रष्टाचार गर्ने पनि अपराधी नै हो’ प्रमुख आयुक्त बस्नेतले भने, ‘भ्रष्टाचार गर्ने कोही सानो वा ठूलो हुँदैन । कानुन विपरित काम गर्नेलाई कारवाही गर्छौं ।’Deep-Basnet-768x457

विभिन्न तरिकाबाट भ्रष्टाचार गर्ने र उम्किन खोज्ने प्रवृत्ति बढेको भन्दै उनले ठूलो र सानो माछा भन्नुभन्दा भ्रष्टाचार गर्नेलाई अपराधी मानेर नै आयोगले काम गरिरहेको स्पष्ट पारे । ‘हामीले केही समयअघि कणर्ालीको डोल्पाका एक गाविस सचिवले १ करोड २५ लाखको भ्रष्टाचार गरेको मुद्दा चलायौं । भक्तपुरमा ३५ रोपनी सार्वजनिक जग्गा मालपोतका परिचर र खरिदार मिलेर व्यक्तिका नाममा नामसारी गरेको विषयमाथि अनुसन्धान गरिरहेका छौं’ अख्तियार प्रमुख बस्नेतले भने ।उनले अघि भने, ‘पद वा व्यक्तिलाई ठूलो मान्ने कि उसले गरेको अपराधलाई ठूलो मान्ने ? हामीले भर्खरै स्वास्थ्य सेवा विभागका सह-सचिवलाई १० हजार घुससहित रंगे हात समात्यौं । अब यसलाई ठूलो भन्ने कि सानो ?’

प्रमुख आयुक्त बस्नेतले नयाँ संविधानले अख्तिायरको अधिकार कटौती गरेको गुनासो गर्दै त्यसका कारण काम गर्न समस्या भएको बताए । उनले अख्तियार छल्न मन्त्रिपरिषदमा लगेर निर्णय गर्ने परिपाटी मौलाएको भन्दै सांसदहरुको ध्यानाकर्षण गराए ।‘संविधानले आयोगले हेर्ने अनुचित कार्यलाई हटाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक