सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु

parliyament-1000x405काठमाडौं, जेठ १३– आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि व्यवस्थापिका संसदमा छलफल सुरु भएको छ ।

विहीबार सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि शनिवारदेखि छलफल सुरु गरिएको हो । छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष एमाले संसदीय दलका उपनेता सुवाष नेम्बाङले कामचलाउ सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई धन्यवाद मात्रै दिन सकिने टिप्पणी गरे ।

सरकारले नीति तथा कार्यक्रम ल्याउँदासमेत विपक्ष दलहरुको मत सुनुवाई नगरेको नेम्वाङले गुनासो गरे । काम चलाउ सरकारले विगतकै कार्यक्रमलाई निरन्तरता दिएर नीति तथा कार्यक्रम ल्याउने भएकाले यसमा छलफल गरिरहन नपर्ने उनको भनाइ थियो ।

सत्तारुढ काँग्रेस सांसद रामहरि खतिवडाले भने सरकारले सबै दलको भावनालाई समेटेर साझा दस्तावेजको रुपमा नीति तथा कार्यक्रम ल्याएको भन्दै खुसी व्यक्त गरे ।

सरकारले उज्यालो नेपालको परिकल्पना गरेर मुलुकलाई आत्मनिर्भर बनाउने नीति लिएर राष्ट्र र जनताको पक्षमा महत्वपूर्ण काम गरेको उनले दावी गरे ।

सांसद खतिवडाले सरकारले लोडसेडिङको अन्त्य गरेर मुलुकलाई उज्यालो यात्रातर्फ अघि बढाएको पनि स्मरण गराए ।

सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको टिप्पणी गरे ।

युवाहरुलाई रोजगारी दिने, स्थानीय तहलाई अधिकार सम्पन्न गराउने, तीन वटै तहको निर्वाचन सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रमलाई खुलेर समर्थन गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद कुन्तीकुमारी शाहीले स्वाधिन अर्थतन्त्र निर्माणको आधार सरकारको नीति तथा कार्यक्रममा नआएको भन्दै आलोचना गरिन् ।

मुलुकको आर्थिक समृद्धिको आधार कृषि, जलस्रोत र पर्यटन भएको नीति तथा कार्यक्रममा उल्लेख गरिएपनि सो अनुसारको बजेट विगतमा पनि व्यवस्था हुन नसकेको शाहीको भनाइ थियो ।

नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगरले राष्ट्रिय हित अनुकूल नीति तथा कार्यक्रम आउन नसकेको टिप्पणी गरिन् ।

उनले नेपाल–भारत सिमामा भारतीय पक्षबाट हुने हेपाहा प्रवृतिको अनुगमन गर्न सरकारले उच्च स्तरीय अनुगमन समिति बनाउनुपर्ने माग गरिन् ।

आइतबार बस्ने संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरुले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठाएका प्रश्नको जवाफ दिनेछन् । सोमबार सरकारले बजेट पेश गर्नेछ । बजेट पेश गर्नुअघि सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक