समता अस्पताल संचालक उत्तम संजेलकी पत्नीविरूद्व अदालतमा मुद्दा दायर

काठमाडौंको कुमारीहलस्थित समता अस्पतालकी एक महिला कर्मचारीको रहस्यमय मृत्यु भएपछि हिरासतमा लिइएको अस्पताल संचालककी पत्नीविरुद्ध मुद्दा दायर भएको छ । सरसफाई कर्मचारी विमला तामाङ मंगलबार झुण्डिएको अवस्थामा फेला परेपछि अस्पताल संचालककी पत्नीसहित ३ जनालाई हिरासतमा लिइएको थियो ।

samata6803

तामाङको मृत्युका विषयमा तीन जना महिलामाथि अनुसन्धान थालिएको हो । प्रहरी परिसर टेकुले आज उनीहरु विरुद्ध अभद्र व्यवहारको मुद्दासहितको फाइल काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको छ । मृतक विमला तामाङको खल्तीमा भेटिएको सुसाइड नोटमा नाम उल्लेख गरिएकी तीनजना विरुद्ध मुद्दा दायर गरिएको हो । जसमा समता अस्पतालका सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला संजेलसहित तीनजना छन् ।

नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । विमलाले आत्महत्या गरेको पोष्टमार्टम रिपोर्टबाट खुलेको छ ।

सहमति नभएसम्म शव नबुझ्ने अडान लिएको परिवारले अस्पताल प्रशासनले मृतकका बालबालिकाको पालनपोषणको र दोषी भनिएकाहरुमाथि कारवाहीको विषयमा सहमति गरेपछि उनको दाह संस्कार गर्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

नागरिकको स्वास्थ्य बीमामा आकर्षण बढ्दै

गलकोट (बागलुङ), माघ २ गते । बागुलुङमा वि.सं.२०७३ असारमा स्वास्थ्य बीमा सुरु हुँदा नागरिक अलमलमा थिए

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

धनका लागि जीवनभर दौडिए पनि अन्तिम सत्य नै शान्ति हो : मुख्यमन्त्री पाण्डे

पोखरा, मङ्सिर ४ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्तिम सत्य नै शान्ति भएको

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

टेन्ट छैन, शीत चुहिने त्रिपालको भर

 कात्तिक २६,जाजरकोट  । रुकुमपश्चिम छेपारे गाउँकी लक्ष्मी विकको सानो बच्चासहित छ जनाको परिवार त्रिपालभित्र अटेसमटेस गरी