विश्वकप फुटबल : उपाधिका लागि अाज क्रोएसिया र फ्रान्स प्रतिस्पर्धा गर्दै , के होला फाइनलमा ?

 २१ औं संस्करणको फिफा विश्वकप फुटबल यसअघिका विश्वकप भन्दा अलिक पृथक हुन पुग्यो । विभिन्न विश्लेषक तथा फुटबलका पारखीहरुलाई आश्चर्यचकित बनाउँदै क्रोएसिया र फ्रान्स विश्वकपको उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।  लुज्निकी रंगशालामा हुने फाइनलमा दुई युरोपियन राष्ट्र फ्रान्स र क्रोएसिया प्रतिस्पर्धा गर्दै छन् । खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

world-cup-final

ऐतिहासिक रुपमा फाइनलमा पुगेको क्रोएसिया पहिलोपटक विश्वकप जित्ने योजनामा हुनेछ । ग्रुप अफ डेथ समुहबाट माथि उठेको क्रोएसियाले नकआउट चरणमा संघर्षपूर्ण जित निकाल्दै फाइनल सम्मको यात्रा तय गर्न सफल भएको थियो । त्यसैले फाइनलमा पनि क्रोएसियाले फ्रान्सलाई पराजित गर्न सक्ने क्षमता राख्दछ ।

क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने १३ औं राष्ट्र हो भने युरोपबाट १० औं राष्ट्र हो । अहिलेसम्म फाइनल पुगेका मध्ये ८ टोलीले मात्रै उपाधि जित्न सफल भएका छन् । क्रोएसिया च्याम्पियन बने विश्वकप जित्ने नवौ र विश्वकपले नयाँ च्याम्पियन पाउनेछ । क्रोएसियाको यो ऐतिहासिक यात्रामा कप्तान लुका मोड्रिच, इभान राकिटिच, इभान पेरिसिच, मारियो म्यान्जुकिच र गोलरक्षक सुवासिच हतियार हुनेछ ।

यता, उपाधिको दावेदार मानिएको फ्रान्स क्रोएसियालाई पराजित गर्दै विश्वकपका दोस्रोपटक च्याम्पियन बन्ने योजनामा हुनेछ । फ्रान्सको उपाधि यात्रामा टिनेजर केलियन एमबाप्फे एन्टोइन ग्रिजम्यान, पल पोग्वा र ह्युगो लोरिस सारथी बन्नेछन् । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई खेलाडी र म्यानेजरको हैसियतमा विश्वकप जित्ने महत्वपूर्ण अवसर आएको छ ।

फ्रान्सले उपाधि जितेमा डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्ने तेस्रो व्यक्ति बन्नेछन् । यसअघि ब्राजिलका मारियो जागोलो र जर्मनीका फ्रानज बेकेनवाअरले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्न सफल भएका थिए । फ्रान्सले सेमिफाइनलमा बेल्जियमलाई हराएर फाइनलमा स्थान पक्का गरेको थियो । क्रोएसियाले इंग्ल्यान्डलाई हराएर फ्रान्ससंगको भेट पक्का गरेको थियो ।

दुई टोलीबीच हालसम्म पाँच खेलमा भेट भएको छ । १९९८ को विश्वकपको सेमिफाइनलमा फ्रान्सले क्रोएसियालाई २– १ ले हराएको थियो । १९९९ मा भएको मैत्रीपूर्ण खेलमा फ्रान्स ३–० ले विजयी हुदा २००० मा भएको मैत्रीपूर्णमा पनि फ्रान्सले २–० को जित निकालेको थियो ।

२००४ को युरोकपमा २–२ गोलको बराबरी खेल्दा २०११ मा भएको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । त्यसैले यी दुई टिमबीचको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ ।

विश्वकप फुटबलको फाइनलमा फ्रान्स र क्रोएसिया पुग्ने छन् भनेर कुनै पनि संस्था, विज्ञ, अनुसन्धानकर्ता तथा ज्योतिषीले भविष्यवाणी गरेका थिएनन् ।

 क्रोएसियाले फ्रान्सलाई पराजित गर्दै उपाधि उचाले इतिहास रच्नेछ । क्रोएसियालाई पराजित गर्दै विश्वकपको उपाधि जितेमा फ्रान्सले २० वर्षपछि विश्वकप आफ्नो देशमा भित्र्याउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा