June 1, 2020

लकडाउनको मोडालिटी परिवर्तन गरिँदै

जेठ १९, काठमाडौं। सरकारले मंगलबारदेखि लकडाउनको स्वरुप परिवर्तन गर्ने तयारी गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले जारी लकडाउनलाई जेठ ३२ गतेसम्म थप गर्ने निर्णय गरेको थियो। लकडाउनको अवधि थप गरेपनि त्यसको स्वरुप परिवर्तन गर्न कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिइएको छ।

शनिबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवधि थप गरेपनि त्यसको मोडालिटीका विषयमा चाँडै छलफल गरेर सिफारिस गर्न उच्चस्तरीय समन्वय समितिका संयोजक रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

उच्चस्तरीय समितिले काठमाडौं बाहिरका खोजिम कम भएका जिल्लाका नागरिकलाई कसरी काठमाडौं भित्र्याउने, काठमाडौंभित्रका उद्योगधन्धा संचालनलगायतका विषयमा मोडालिटी तयार पारेर मन्त्रिपरिषदमा सिफारिस गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका थिए।

प्रधानमन्त्री ओलीले केही समय अगाडि देशबासीका नाममा गरेको सम्वोधनमा पनि लकडाउनको मोडालिटी परिवर्तन गर्ने बताएका थिए। सरकारले अत्यावश्यक सेवा बाहेक निश्चित नियम पालना गरी कामकाजमा जान दिने गरी मोडालिटी बनाउने तयारी भइरहेको छ।

उच्चस्तरीय समन्वय समितिले कोरोनोको सबैभन्दा बढी र सबैभन्दा कम जोखिम भएको स्थानको टुंगो लगाइ त्यही अनुसार उपत्यका बाहिरबाट नागरिकलाई उपत्यता भित्र्याउने कार्ययोजना बनाउने बताइएको छ।

सरकारले असार १६ गतेसम्म अन्तर्राष्ट्रिय उडान र सीमा नाकाबन्द गर्ने निर्णय गरिसकेको छ। भारतसँग जोडिएका सीमा नाकामा सेना परिचालन गर्ने निर्णय गरेको सरकारले स्वदेशभित्र अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरिएको हो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक