January 29, 2020

यसरी बन्यो चीनमा १ हजार शैप्याको अस्पताल ४८ घन्टा मै

 

एजेन्सी, १५ माघ । सुरुमा कोरोना भाइरस देखिएको चिनियाँ शहर वुहान नजिकै १ हजार शैप्याको हस्तिटल बनेको छ । केही दिनअघि चीन सरकारले कोरोना भाइरस फैलिँदै गएपछि एक साताभित्र २ हजार शैप्याका २ वटा अस्पताल बनाउने घोषणा गरेको थियो ।

त्यसमध्ये कोरोना भाइरसको केन्द्रबिन्दु रहेको वुहान नजिकै बनेको एक अस्पताल सञ्चालनमा आएको जनाईएको छ । उक्त अस्पतालले हिजो रातिदेखि स्वास्थ्य सेवा सुरु गरेको समाचारमा बताइएको छ ।

उक्त अस्पताल ४८ घण्टामा निर्माण गरिएको हो । झण्डै ५ सय कामदार, इलेक्ट्रिसियन र प्रहरीले लगातार २८ खटेर उक्त हस्पताल  निर्माण गरेका हुन् ।

हुआङजाओ जिल्लामा बनाइएको उक्त अस्पताल यसअघि मे महिनामा उद्घाटन गरिने बताइएको थियो । तर कोरोना भाइरस देखिएपछि द्रूतगतिमा निर्माण गरी त्यसअघि नै उद्घाटन गरिएको हो ।

हुआङजाओका स्थानीय अधिकारीले  शुक्रबार अस्पताल बनाउने बताएका थिए । शनिबारदेखि निर्माण कार्य सुरु गरिएको थियो ।

सोमबारसम्म अस्पतालमा पानी, बिजुली र इन्टरनेट जस्ता सुविधा जडान गरिएको छ ।

त्यस्तै वुहान शहरमा अर्को ठूलो अस्पताल बन्दै छ । उक्त अस्पताल सोमबारसम्म निर्माण हुनेछ । चीन सरकारले कोरोना भाइरसले महामारी लिँदै गएका बेला निकै द्रूतगतिमा ४ वटा हस्पताल बनाउन लागेको छ ।

ती अस्पताल सन् २००३ मा सार्स फैलिएका बेला बेइजिङमा बनाइएका मेडिकल सेन्टरको डिजाइनका आधारमा बनाउन लागिएको हो । पहिला नै बनाइएका निर्माण सामग्री र भवन (pre fabricated buildings and material) बाट अस्पताल बनाइएको हो ।

कोरोना भाइरसबाट हालसम्म चीनमा १३२ जनाले ज्यान गुमाएका छन् भने झण्डै ६ हजार मानिस संक्रमित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा