यसरी जित्दैछिन् रेणु दाहाल

 प्रचण्डपुत्री रेणु दाहाल अब भरतपुर महानगरको मेयर बन्ने बाटो त्यति कठिन छैन

साझा पोष्ट डेस्क/काठमाडौं, ७ जेठ । भरतपुर महानगरपालिकामा कसले जित्ला भन्ने अहिले सबैतिर चासो छ । मतगणना चलिरहँदा एमाले उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रकी रेणु दाहालले पालैपालो अग्रता लिइरहेका छन् ।

पछिल्लो पटक एमाले अगाडी देखिएको छ । तर १० वटा वडाको गणना सकिँदासम्मको अवस्था हेर्दा एमाले उत्साहित बन्न सकेको छैन । उसले अहिलेसम्म कम्तिमा ३ हजारको अग्रता लिने आशा राखिरहको थियो । जुन केही सयमा मात्र खुम्चिएको छ । जसका कारण कांग्रेस र माओवादी केन्द्र उत्साहित भएका छन् ।

कस्तो छ अब गणना हुने मतको अवस्था ?
भरतपुरमा हालसम्म १ देखि १० र २९ वडाको मतगणना सकिएको छ । अहिले ११ वडाको भइरहेको छ । यो एमालेको पकड भएको वडा मानिन्छ । यसपछि गणना हुने २८ वडाबाट मिश्रीत परिणाम आउने अपेक्षा गरिएको छ । यद्यपी सो वडामा कंग्रेस र माओवादी केन्द्र मिलाउदा रेणु एमाले भन्दा अघि आउने अनुमान छ । त्यसपछि गणना हुने १२ नम्बर वडा पनि एमालेको पकड भएको क्षेत्र हो ।

 

नारायणगढ बजार क्षेत्रका कांग्रेसले माओवादी उम्मेद्वार रेणुलाई मतदान गर्न हात कमाए पनि अन्य क्षेत्रबाट भने उनलाई राम्रै मत आइरहेको छ । यसरी हेर्दा यी क्षेत्रबाट कंग्रेसको ६० प्रतिशत मात्र भोट आएपनि रेणुले गतिलो मत सहित अग्रता लिनेछिन्

 

यी तीनवटाको गणना हुँदासम्म एमालेले अग्रता लिने निश्चित छ । यसरी हेर्दा भोली सोमवारसम्म देवी ज्ञवालीको अग्रता कायम हुने सम्भावना छ । त्यसपछि शुरू हुने वडा भने सबै कंग्रेस र माओवादी केन्द्रको पकड क्षेत्र हुनेछन् । १३ कांग्रेसको पकड भएको वडा हो भने १४ र १५ मा माओवादी केन्द्र वलियो छ । विगतमा जनमोर्चा कालदेखि नै वामपन्थी पकड रहेको यी वडाको क्षेत्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको घर भएको क्षेत्र पनि हो । १६, १७, १८, १९ र २० तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाले ठूलो मतान्तरले जितेको कंग्रेसको पकड भएको क्षेत्रमा पर्छन् ।

नारायणगढ बजार क्षेत्रका कांग्रेसले माओवादी उम्मेद्वार रेणुलाई मतदान गर्न हात कमाए पनि अन्य क्षेत्रबाट भने उनलाई राम्रै मत आइरहेको छ । यसरी हेर्दा यी क्षेत्रबाट कंग्रेसको ६० प्रतिशत मात्र भोट आएपनि रेणुले गतिलो मत सहित अग्रता लिनेछिन् । त्यसपछि २१ मा मिश्रीत मत आउने अनुमान छ । २२, २४, २५ र २६ वडा माओवादी केन्द्रले आफ्नो पकड भएका क्षेत्र दावी गर्दै आएको छ । यी वडामा कांग्रेसको पनि राम्रै मत छ । राप्रपाको पनि केहि मत रहेको यी वडाबाट रेणुले अग्रता अझ फराकिलो बनाउने अनुमान गर्न सकिन्छ । त्यसपछि एमालेलाई केही बढी मत जाने सम्भावना रहेका २३ र २९ वडा मात्र वाकी रहनेछन् । कविलास, दासढुंगा क्षेत्र पर्ने २९ नम्बरलाई एमालेले जित्ने वडाका रूपमा राखेको छ । एमालेलाई ति वडाबाट केहि बढी मत गएपनि रेणुको फराकिलो अग्रता तोड्न भने लगभग असम्भव हुनेछ ।

निष्कर्ष
माथिको मत आँकलनका आधारमा भोली सम्भवत सोमवार बेलुका वा मंगलवार बिहानबाट रेणुले अग्रता लिन शुरू गर्नेछिन् जुन अन्तिमसम्म फराकिलो बन्दै जानेछ । माओवादी केन्द्रलाइ एउटै डर कंग्रेसको पकड भएका क्षेत्रबाट निकै कम मत आउने हो कि भन्ने मात्रै हो । अहिलेसम्म करिब ६० प्रतिशत कांग्रेसका मतदाताले उनलाई भोट हालेका छन् । अब यो बढेर ७० प्रतिशतसम्म पुग्न सक्ने उसको अनुमान छ । यद्यपी कांग्रेसको ५० प्रतिशतमात्र मत पाएपनि रेणु बिजयी हुनेमा माओवादी केन्द्र विश्वस्त छ । पछिल्लो पटक भोट आएको हिसावले एमाले खासै उत्साहित छैन । कंग्रेस वाहुल्य क्षेत्रबाट प्राप्त हुने भोटमा उसको आसा अडिएको छ । राप्रपाको बलियो उपस्थिति रहेका केही क्षेत्रबाट पनि भोट आउने उसमा विश्वास छ । अहिलेसम्मको मतपरिणाम र गणना हुन बाँकी क्षेत्र हेर्दा रेणुले करिब ५ हजारको मार्जिनमा चुनाव जित्ने स्वतन्त्र विश्लेषकले अनुमान लगाउन थालेका छन् । यस्तो अनुमान गर्नेका आधार कमजोर छैनन् । त्यसैले भन्न सकिन्छ माओवादी केन्द्रका अध्यक्ष पुष्कपमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल अब केही दिनभित्र भरतपुर महानगरको मेयर बन्ने बाटो त्यति कठिन छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने