मिडिया हाउस विद्रोहीसँग सुरक्षा किन्छन् :प्रधानमन्त्री

Kp-oli1

  भदौ ११ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसा फैलिएर गएको तर मिडिया हाउस आफैँ पैसा तिरेर बाँचेको कारण यस विषयमा लेख्न नसकेको बताएका छन् । प्रमुख दैनिक तथा डिजिटल पत्रिकाका सम्पादकहरुसँग सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको एक भेटमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री भन्छन्, “नेपालमा त्यस्ता समूह जन्मिएका छन् जो आफूलाई राजनीतिक दल भन्छन् तर बम पड्काउने, व्यक्तिलाई सफाया गर्ने, भौतिक कारवाही गर्ने, तोड्फोड गर्ने काम गर्दछ । तपाईहरूको मिडिया हाउस पैसा तिरेर बाँचेका छन्, लेख्न सक्दैनन् । नत्र भने के गर्छ गर्छ ।” 

प्रम ओलीले भने, “जुँगा उखेल्न सक्ने, दाह्री भुत्लाउन मिल्ने यही सरकार छ । यो सरकारले जनताको अधिकारको लागि लडेको छ, लोकतन्त्रका लागि आफूलाई समर्पित गरेको छ, यसैसँग गुनासो हुन्छ । एउटा बालक एक्लै खेल्दा लड्यो भनेपनि आमालाई गएर पिट्छ किनभने आमाले केही गर्दिनन् ।” यस्तो उदाहरण दिँदै प्रधानमन्त्री ओलीले सरकार अहिलेको अवस्थामा त्यही आमा जस्तै भएको दाबी गरे । देशमा शान्ति सुरक्षाको स्थिति नियन्त्रणमा लिनका लागि सरकार दत्तचित्त रहेको र हिंसाको प्रवृत्ति फैलाउने, हिंसाको भाषा बोल्नेले हिंसात्मक विकृति ल्याउने तत्वलाई नियन्त्रण गरिने प्रम ओलीले बताए । नेपालको समाज एउटा सभ्यताको संवाहक भएको कारणले पनि हिंसालाई कुनैपनि रुपमा निर्मूल पार्नुपर्ने धारणा प्रमको थियो । पहिलेको समाज धेरै नैतिकवान र इमानदार भएको र धार्मिक भएकाले भगवानसँग डराउने कारणले शान्ति सुरक्षा सहज भएको तर अहिले आएर समाजमा धेरै हिंसा बढेको उनको धारणा थियो ।यो सरकार भ्रष्टाचारको विरोधमा रहेको पनि प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई बताए । आफूले कुनै पनि प्रकारको भ्रष्टाचार नसहने र यस विषयमा शुन्य सहनशीलताको नीति लिएको बताएका छन् । आफ्नो वरिपरि कोही पनि भ्रष्टाचारी नरहेको र यसमा ढुक्क हुन पनि उनले सुझाए । “कोही भ्रष्टाचारी भयोभने थाहा भै हाल्छ । अत्तर दलेर आएपछि त्यसको वास्ना आफै फैलिन्छ । म यस्तो मन पराउँदिन भन्ने म सँग काम गर्ने मेरा सहकर्मीलाई जानकारी छ,” उनले स्पष्ट शब्दमा भने । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।