माघ १५ भित्र बन्नेछ नयाँ सरकार, यस्तो छ प्रक्रिया

samsad-3jpg-ca-building_9FTrGtiS5Gकाठमाडौँ, १९ मंसिर ।  प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचन सम्पन्न भई दोस्रो चरण आउन दुई दिनमात्र बाँकी रहँदा परिणाम र नयाँ सरकार सबैको चासोको विषय बनेको छ। चुनावी मंसिर २१ गते दोस्रो चरणको चुनाव सम्पन्न भई मतपरिणाम आएपछि संवैधानिक व्यवस्थाअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

संवैधानिक व्यवस्थाअनुसार अब संसद् सदस्य नभएका व्यक्तिले प्रधानमन्त्री बन्न पाउने छैनन्। नयाँ सरकार गठनका लागि निर्वाचन परिणाम आइसक्नु पहिलो शर्त हुनेछ। संविधानको धारा ७६ को व्यवस्थाअनुसार निर्वाचनको अन्तिम परिणाम आएको बढीमा ३५ दिनभित्र नयाँ प्रधानमन्त्री निर्वाचित हुनुपर्ने व्यवस्था छ।

मंसिर २१ मा निर्वाचन सम्पन्न भएसँगै बढीमा पुस १० गतेभित्र सम्पूर्ण मत परिणाम आइसक्ने निर्वाचन आयोगको आँकलन छ। यसअघि २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि समानुपातिकसहित सबै मत परिणाम आउन तीन साता लागेको थियो। पुस १० भित्र मत परिणाम आइसकेपछि ढिलामा माघ १५ भित्र नयाँ सरकार बनिसक्नेछ।

संविधानको धारा ७६(८) बमोजिम निर्वाचनको सम्पूर्ण मत परिणामा आएको ३५ दिनभित्र प्रधानमन्त्री चयन प्रक्रिया सम्पन्न गर्नुपर्छ। संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभाको बहुमतप्राप्त दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ। बहुमत नआए दुई वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक