February 13, 2018

महाधिवेशनसम्म ओली-प्रचण्ड दुवै सहअध्यक्षः शर्मा


फाल्गुन १   बिर्तामोड  । माओवादी नेता जनार्दन शर्माले एमाले र माओवादी एकतापछि महाधिवशेनसम्मका लागि केपी ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष हुने बताएका छन्।एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार पालैपालो प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष हुने चर्चाबीच झापाको बिर्तामोड आइपुगेका शर्माले यस्तो खुलासा गरेका हुन्।

सोमबार ओली र दाहालबीचको भेटवार्ताले निर्णायक मोड लिएको बताउँदै शर्माले पार्टी एकताको खाका तयार भएको र सरकार बन्नुअघि नै त्यो सार्वजनिक गरिने बताए।

‘अन्तर्राष्ट्रिय जगतमा पनि दुई पार्टीबीच एकता हुँदा दुवै शीर्ष नेताको भुमिकामा रहने गरी सहअध्यक्ष बनेको अभ्यास छन्’, सोमबार एक्लाएक्लै भएको भेटवार्तामा दुवै सहअध्यक्ष बन्ने सहमती बनेको खुलाउँदै शर्माले भने, ‘आज भएको शीर्ष छलफलले पनि सोही निर्णय गरेको छ, महाधिवेशनअघि एकीकृत पार्टीमा अध्यक्ष भन्ने हुँदैन सहअध्यक्ष भएर जाने हो।’

शर्माले एमाले र माओवादीबीच पार्टी एकता प्रक्रिया लगभग टुङ्गो लागेको बताउँदै औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जनाए।उनले पार्टी एकता प्रक्रिया लम्बिँदा सरकार गठन प्रक्रिया पनि लम्बिएको बताएउँदै अब दुई पार्टीबीच कुनै विवाद नरहेको दावी गरे।

माओवादी र एमालेका उच्च स्रोतहरूले भने ओली र दाहालबीच पालैपालो प्रधानमन्त्री र पार्टी बन्ने सहमती भएको दावी गरेका छन्। जसअनुसार पहिला ओली प्रधानमन्त्री र दाहाल अध्यक्ष बन्ने अनि दुई वर्षपछि फेरि प्रधानमन्त्री र अध्यक्ष पद साटफेर गर्ने खाका बनेको दावी गरिएको छ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक