September 7, 2019

भिरबाट लडेको मानिसले जे भेट्यो त्यही समाते झै समात्दै छ काङ्ग्रेस : साम्सद बस्नेत

भक्तपुर, २१ भदौ । नेकपाका  नेता तथा  सांसद महेश बस्नेतले अहिले  नेपाली कांग्रेस एजेण्डा विहिन भएकोले  भिरबाट लडेकाे मानिसले  जे भेट्यो त्यही समाते झै वाहियात मुद्धा समातेर जनतामा भ्रम शृजना गर्ने गरेको बताउनुभएको छ ।

चाँँगुनारायण नगरपालिकाको वडा नं. ६ नगरकोट स्थिती पर्यटकीय वसपार्क निर्माणको सिलान्यास कार्यक्रममा बोल्दै सांसद बस्नेतले आलोचनाको खेतीले वास्तविकतलाई छोप्न नसकिने बताउँदै वर्तमान नेकपाको नेतृत्वमा रहेको सरकारले गरेको देश विकास र समृद्धिको वास्तविकता खुल्ला किताव जस्तै छलङ्ग रहेको बताउनुभयो । प्रमुख प्रतिपक्षीदलको नजर नै सरकारको आलोचना गर्ने मात्र भएको बताउँदै अनावश्यक हल्ला फैलाएर आफ्नो राजनीतिक भविष्य सुरक्षित हुन्छ भन्ने नसोच्न चेतावनी समेत दिनुभएको छ ।

उहाँले काङ्ग्रेस र अन्य खुरापाती  पार्टीलाई इङीत गर्दै भन्नुभयो, ‘सरकारको आलोचना गरेर घरको भात पाक्छ भन्ने सपना नदेखे हुन्छ आलेचना गरेर नै एक गास खाना रुच्छ भन्ने सोच्नु भएको छ भने केही भन्नु छैन । वास्तविकता डोकोले छोपेर छोपिन्न । सरकारले जनताको पक्षमा गरेको सम्पूर्ण गतिविधिहरु जनताले प्रष्ट रुपमा बुझेका छन् । त्यसको नतिजा आगामी निर्वाचनमा देखिनेछ । सवै पहेलो धातु सुन हुँदैन, कसिले त्यसलाई जाँचिनेछ । धातुलाई कसिमा जाँचे जसरी जनताले आगामी निर्वाचनमा राजनीतिक दललाई जाँच्नेछन् ।’

उहाँले आफ्नो भनाईलाई स्पस्ट पार्दै उल्लेख गर्नु भयो कि “फाईदाको काम देख्दा आफु अघि सर्ने र केही समस्या आउन खोजे पछि हट्ने र आलोचना गर्ने प्रवृत्तिको अन्त्य गरिनुपर्छ ”  राजनीतिमा प्रतिपर्धा विकासमा ऐक्यवद्धता आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, ‘माछा देख्दा दुलोभित्र हात, भ्यागुतो देख्दा दुलो बाहिर हात बनाउनु हुँदैन । समस्यामा भाग्ने, राम्रोमा अघि बढ्ने कार्य गर्नुहुँदैन । चोरको खुट्टा काट भन्दा चोरले आफ्नो खुट्टा तान्छ । राजनीति फाइदाको लागि नभई सामाजिक कार्यमा लाग्नुपर्छ । जनताको समस्यामा जनप्रतिनिधि अघि बढ्नुपर्छ ।’

देशभर अतिक्रम गरेको सार्वजनिक जग्गा फिर्ता हुने क्रममा रहेको बताउँदै उहाँले भक्तपुरका जग्गा चोरहरुलाई पहिलो नंम्बरमा कारवाही गर्नुपर्नेमा जोड दिनुभयो । भक्तपुरमा करिव १ सय ६० रोपनीभन्दा बढी सार्वजनिक जग्गा भूमाफियाले कब्जा गरी बेचविखन गरेको बताउँदै उहाँले उक्त जग्गाहरु पुनः सार्वजनिक बनाउने समेत उद्घोष गर्नुभयो ।

भक्तपुरमा हनुमन्ते नदीमा ६४ विमली उपाध्यायको नाममा, मनोहरामा ५४ रोपनी, स्वरस्वतीखेलको बसपार्कलगायतका क्षेत्रमा भएको भूमाफियाले कब्जा गरेको जग्गा फिर्ता हुने क्रममा रहेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘गाउँभरका खसी चोर चाही सफा र टुकुचामा गएर एउटा खसी किन्ने फोहोर भएजस्तो गरी व्याख्या भइरहेको छ । बनले नचिनेको बाघ र बाघले नचिनेको वन हुनु कुनै अर्थ छैन ।’

भक्तपुरको विकास एक अघि बढ्यो दुई अघि बढ्यो कसैले अव रोक्न नसक्ने बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले व्यवस्थित विकासका योजनाहरु शुरु भएसँगै भक्तपुरको विकासमा मुहार नै फेरिएको बताउनुभयो । नगरकोट चाँगुनारायण नगरपालिकाको लागि मात्र नभई भक्तपुरकै महत्वपूर्ण ठाउँ भएको बताउँदै उहाँले भक्तपुरमा पर्यटन, होम स्टे, सामाजिक संस्थाहरु अभियानमा होमिएसँगै भक्तपुरको आर्थिक, सामाजिक, पर्यटकीयलगायतका विकासहरु तिव्र गतिमा अघि बढ्ने समेत बताउनुभयो ।

नगरकोटले भक्तपुरमात्र हैन सिङ्गो नेपाललाई नै आर्थिक समृद्धिको बाटोमा अघि बढ्न ठूलो सहयोग गर्ने बताउँदै उहाँले नगरकोट विकास कुनै व्यक्ति, राजनीतिक दल, नगरापलिकालगायतका संघसंस्थाहरुकोमात्र चासोको विषय नभई आम भक्तपुर वासीको चासोको विषय भएको बताउनुभयो । उहाँले टहरा भत्काइएका नागरिकलाई नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै टहरा भत्काइएको विषयलाई नै राजनीति गर्नुपर्ने कुनै पनि आवश्यकता नरहेको बताउनुभयो ।

नगरपालिकाले जनताको हितको लागि काम गर्दा गलत ढंगले आलोचना गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताउँदै उहाँले वन जंगललाई आम्दानीको मुल स्रोतको अभियानको रुपमा अघि बढाउनुपर्नेमा समेत जोड दिनुभयो । रेडक्रसको नाममा कुनै राजनीतिक गरी रोटी पकाई खाने भाडोको रुपमा विकास गर्नु नहुने बताउँदे खरिपाटीबाट नगरकोट आउने सडकलाई हरी गुरुमार्ग, पार्कलगायतका कार्यहरु निर्माण गर्ने कार्य अघि बढेको जानकारी गराउँदै त्याग तपस्या र वलिदानीपूर्ण कार्य गर्ने हरी गुरु भएको बताउनुभयो ।

 
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक