December 8, 2019

भान्सामा ग्यासभन्दा बिजुली सस्तोः इन्डक्सनमा पकाउँदा तीन मिनेट छिटो पाक्ने

ग्यासमा भन्दा विद्युतीय ऊर्जाको प्रयोग गरेर खाना पकाउँदा आर्थिक रुपमा सस्तो पर्ने अनुसन्धानकर्ताले देखाएका छन् । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्रले गरेको अनुसन्धानबाट सो कुराको पुष्टि भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेकी हुन् ।

यसका अनुसन्धानकर्ता एवं केन्द्रका प्राडा जगन्नाथ श्रेष्ठले भने, ‘एलपी ग्यासभन्दा इन्डक्सन चुलोमा खाना पकाउँदा समय र पैसा कम खर्च हुने देखियो । त्यसैले एलपी ग्यासको प्रयोग कम गर्दै लैजान सकिएमा मुलुकलाई आर्थिक रुपमा फाइदा हुनेछ ।’

केन्द्रले यही मङ्सिर ७ गते सो अनुसन्धान गर्दा नुमनाका रुपमा आधा केजी चामल लिएको थियो । त्यसमा आधा लिटर पानी प्रयोग गरिएको थियो । चामल र पानीको तौल २.७९ केजी भएको थियो । उनले विद्युतीय चुलो (इन्डक्सन) प्रयोग गर्दा फलाम (स्टिल) को भाँडोमा मात्र पाक्न सक्ने भएकाले ग्यास र इन्डक्सन चुलोमा यो अनुसन्धान गर्दा एउटै प्रेसर कुकर प्रयोग गरिएको बताए । कुकरले दुई सिट्टी दिँदा भात पाक्ने सिद्धान्तअनुरुप भात पकाइएको थियो ।

ऊर्जाविद् प्रा.डा. श्रेष्ठले ग्यास चुलोमा भात पकाउँदा ११ मिनेट ११ सेकेन्ड र इन्डक्सनमा पकाउँदा सात मिनेट ४९ सेकेन्ड समय लागेको जानकारी दिए । ‘इन्डक्सनमा पकाउँदा झन्डै तीन मिनेट छिटो पाक्ने रहेछ,’ उनले भने ।

अनुसन्धानको क्रममा एक पटक भात पकाउँदा एलजी ग्यासको ऊर्जा २५ ग्राम खपत हुने र इन्डक्सनमा पकाउँदा शून्य दशमलव १४२ किलोवाट आवर खर्च हुने गरेको पत्ता लगाइएको थियो । दुई सिट्टी भात पाकेपछि खर्च भएको ऊर्जाको गणना गर्दा दुई रुपियाँ ४६ पैसा बराबरको ग्यास र एक रुपियाँ ४२ पैसा बराबरको विद्युत खर्च भएको पाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण