बैज्ञानिकहरुको दाबीः बन्यो १० सेकेण्डमै क्यान्सर पत्ता लगाउने डिभाइस

एजेन्सी । वैज्ञानिकहरुले मानिसमा क्यान्सर भए नभएको पत्ता लगाउने डिभाइस बनाएको दाबी गरेका छन् ।

पेनजत्रै यो डिभाइसले क्यान्सर भए नभएको १० सेकेण्डमै पत्ता लगाउने उनीहरुको दाबी छ । टेक्सस युनिभर्सिटीका वैज्ञानिकहरुले पत्ता लगाएको यो डिभाइसले क्यान्सर फैलिन नदिन र बेलैमा उपचार गर्न सहयोगी हुने विश्वास लिइएको छ ।

साइन्स ट्रान्स्लेशनल मेडिसिनमा प्रकाशित रिपोर्टमा यो डिभाइसको परीक्षण ९६ प्रतिशत सफल हुने उल्लेख गरिएको छ । यो डिभाइसलाई क्यान्सरको संभावना रहेका शरीरको अंगमा राखेपछि त्यसबाट एक थोपा पानी झारिन्छ ।

त्यसपछि जिवित कोशिका भित्रका रसायन त्यहि पानी राखेको ठाउँतिर आउँछन् र त्यसलाई परीक्षणका लागि यो डिभाइसले सोस्छ । यो डिभाइसको सहयोगबाट एकप्रकारको रासायनिक फिङ्गरप्रिन्ट तयार हुने र यसले डाक्टरहरुलाई क्यान्सर छ या छैन भन्ने कुरा थाहा पाउन सजिलो हुने बीबीसीले जनाएको छ ।

डाक्टरहरुलाई सामान्य र क्यान्सर लागेका तन्तु छुट्ट्याउन सधैं ठूलो चुनौती हुने गरेको छ । सहज प्रयोग र बढी विश्वसनीय यो डिभाइसले क्यान्सर रोगका लागि डाक्टरहरुलाई पनि धेरै हदसम्म सहयोग मिल्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,  असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको

१७ जनालाई ‘पक्राउ नगर्नु’ भन्ने आदेशविरुद्ध प्रहरी पुग्यो सर्वोच्च

 आषाढ २०,काठमाडौं । ललिता निवास प्रकरणमा जोडिएका १७ जनालाई ‘पक्राउ नगर्नू’ भनी सर्वोच्च अदालतले जारी

सञ्चार क्षेत्रमा भएका विकृतिहरुलाई नियन्त्रण गर्नुपर्छ : सभामुख घिमिरे

असार १६ गते । सभामुख देवराज घिमिरेले सञ्चार क्षेत्रलाई कुण्ठित गर्नु नहुने बताउनुभएको छ । शनिबार