२७ पौष , काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका क्रममा शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। प्रधानसेनापति थापा सात सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै भारत प्रस्थान गरेका हुन्।
भारतीय सेनाध्यक्ष विपिन रावतको निमन्त्रणमा सेनापति थापा भारत प्रस्थान गरेको नेपाली सेनाले जनाएको छ। भारत भ्रमणका क्रममा प्रधानसेनापतिले थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।
प्रधानसेनापति थापाको भारत भ्रमणको अवधिभर उनको अनुपस्थितिमा बलाधिकृत रथी हेमन्तराज कुँवरले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्। सेनापति थापा माघ दुई गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
प्रधानसेनापति थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो। उहाँलाई बलाधिकृत रथी हेमन्तराज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए। प्रधानसेनापतिको नियुक्तिपछि पहिलो पटक हुन लागेको भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिबार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम छ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक
चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा