December 2, 2019

पुनः श्रम स्वीकृतिका लागि ई–टोकन सुरु

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिन श्रम कार्यालयमा गएर घण्टौँ  लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । वैदेशिक रोजगार विभागले आइतबारदेखि अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणाली नम्बरका आधारमा पालो आउने व्यवस्था गरेसँगै सेवाग्राहीलाई घण्टौँ लाइन बस्नुपर्ने बाध्यता अन्त्य भएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेका छन् ।

विभागले आइतबारदेखि विराटनगरबाहेक छवटा श्रम कार्यालयबाट ई–टोकन वा विद्युतीय पालो प्रणाली सुरु गरेको छ । मङ्सिर १ गतेदेखि ई–स्टिकर कार्यान्वयनमा ल्याएको विभागले १५ गतेदेखि उक्त प्रणाली सुरु गरेको हो । विराटनगर श्रम कार्यालयको ठाउँ सानुपर्ने भएकाले यो प्रक्रिया एक÷दुई दिन ढिला सुरु हुने विभागले जनाएको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले वैदेशिक रोजगारीमा जान चाहने युवाको प्रक्रियागत काम सरल र व्यवस्थित गराउने उद्देश्यले विद्युतीय पालो प्रणाली कार्यान्वयनमा ल्याएको जानकारी दिए ।

उनका अनुसार उक्त प्रणालीअन्तर्गत सेवाग्राहीले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत फाराम पेस गर्ने्बित्तिकै निजको श्रम स्वीकृति लिने पालो कुन दिन पर्छ भन्ने थाहा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण