July 19, 2018

नेपाल चिकित्सक संघको बन्दकाे डटेर अवज्ञा गर्न स्वास्थकर्मी यूनियनको आग्रह

 

काठमाडौं, ३ साउन । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी यूनियनले अमुक लुटेराहरुको स्वार्थपूर्तिका लागि डा. गोविन्द केसीले पटक–पटक अनसन बसेर सार्वसाधारणलाई हैरानी दिएको आरोप लगाएको छ । यूनियनले एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यादेशमार्फत ल्याइएको चिकित्सा शिक्षा विधेयक संसदबाट हुबहु पारित गर्न माग गरेकाे छ । यूनियनले अनसनरत प्रा.डा.गोविन्द केसीको समर्थन गर्दै नेपाल चिकित्सा संघले देशभरका स्वास्थ्य संस्था बन्द गर्न गरेको आह्वानप्रति खेद व्यक्त गरेको छ ।

यूनियनले सबै स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई आफ्नो कार्यक्षेत्रमा निष्ठापूर्वक लागि मानवीय संवेदना तथा लाखौँ बिरामीको जीवनरक्षा गरी आफ्नो कर्तव्य निर्वाह गर्न र नेपाल चिकित्सक संघको बन्द डटेर अवज्ञा गर्नसमेत सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।

‘नेपाल चिकित्सक संघले गरेको बन्द, देश र जनताका लागि होइन, थिएन र छैन । सरकारी अस्पताल बन्द गर्नुको अर्थ निजी क्लिनिकमा लुट भन्ने मात्र हो । डा. गोविन्द केसीले उठाएका मागहरू र स्वास्थ्य क्षेत्रका विकृतिहरूलाई राज्यले बेलैमा दीर्घकालीन समाधानमा जानुको विकल्प छैन । बारम्बारका अनसन र गैरकानुनी बन्दले पुरा नहुने सम्झौता गरेर स्वास्थ्य क्षेत्रलाई सेवाको नाममा लुट मच्चाउन कसैलाई छुट दिइनु हुँदैन ।’ यूनियनका अध्यक्ष चन्द्र थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

यूनियनले अमुक लुटेराहरूको स्वार्थ सिद्ध गर्न एकजना डाक्टरलाई मोहरा बनाएर विधि र कानूनको पालना एवम् सम्मान हैन स्वास्थ्य क्षेत्रका विसङ्गतीलाई यथावत राख्ने उद्देश्यले केन्द्रित रहेको आरोप लगाएको छ । अनसन र त्यसलाई बाहना बनाएर बिरामीको जीवनसँग खेल्ने लुटेरा र मेडिकल माफियाहरूको संजाल नेपाल चिकित्सक संघ हाे भन्दै यूनियनले खुलेरै विरोध गरेको छ ।

उसले नेपाल चिकित्सक संघले आन्दोलन गर्नुभन्दा पनि मध्यस्थताको भूमिका निर्वाह गरेर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा गैरकानुनी ढङ्गले बन्द हडताल नगर्न पनि भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक