April 15, 2019

नेपालद्वारा मलेसिया पराजित

 

नेपाली यू-१९ टोली

बैशाख २, काठमाडौं । आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटको एसिया छनोट अन्तर्गतको तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै नेपालले जित हात पारेको छ ।

नेपालले मलेसियालाई ८ विकेटले पाखा लगाएको हो । जितसँगै नेपाल अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

क्वालाम्पुरस्थित बायुमास ओभलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य पछ्याएको नेपालल १३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि रित गौतमले ३९, आशिफ शेखले २६, पवन सर्राफले १६ र रोहितकुमार पौडेलले ६ रन बनाए । 

मलेसियाका साफीक स्याकिर र सुक्री मादेलीले १/१ विकेट लिए भने कमल सिंह ऐरीले २ विकेट हात पारे ।

टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३३.५ ओभरमा सबै विकेट गुमाएर ९२ रन बनाएको थियो। मलेसियाका लािग लेज्जट ड्यानियल फिक्रेले ५५ बलमा ३७ रन बनाएका थिए। यस्तै मुहम्मद आमिले १३ र हाकिम हिर्सनले १० रन जोडे । अन्यले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका पवन सर्राफ र कुशल मल्ले ३/३ विकेट लिए।

सुरुवाती दुई खेलमध्ये एक खेल मात्रै जितेको नेपाल ३ खेलमा ४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । 

अब नेपालले मंगलबार ओमानसंग खेल्ने छ । यसअघि छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग १ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक