October 14, 2019

नेकपाको चियापानको तयारी पूरा, १ लाख निमन्त्रण कार्ड बाँडिए !

नेकपाले बाँड्यो एक लाख कार्ड, चियापानमा विदेशी पनि

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चियापानको तयारी पूरा भएको बताएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, इद, छठ, ल्होसारलगायत महत्त्वपूर्ण चाडपर्वका अवसरमा नेकपाले २९ गते चियापान कार्यक्रम आयोजना गर्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले कोजाग्रत पूर्णिमाकै दिन चियापानको आयोजना गरेको थियो ।

चियापानका लागि १ लाख निमन्त्रण कार्ड बाँडिएको कार्यालय सचिवले जानकारी दिए । कार्यक्रममा विदेशी पाहुना पनि डाकिएको छ । “नेपालस्थिल विदेशी कूटनीतिक नियोग प्रमुख, दूतावासका कर्मचारी, नेपालमा कार्यरत अन्तर्राष्ट्रिय मिसन प्रमुखहरू समेतलाई निम्त्याइएको छ,” उनले भने ।

मनमोहन अधिकारी पार्टी अध्यक्ष हुँदा नेकपा एमालेले सुरू गरेको चियापान कार्यक्रमलाई नेकपाले पनि निरन्तरता दिएको हो । तत्कालीन एमालेले कोजाग्रत पूर्णिमाको भोलिपल्ट चियापान गर्थ्यो  । नेकपाले कोजाग्रत पूर्णिमाको तीन दिनपछि चियापानको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा मुख्य राजनीतिक दलका नेतृत्व, उच्च पदस्थ सरकारी अधिकारी, चारैवटा सुरक्षा निकायका प्रमुख, कलाकार, साहित्यकार आदिलाई निम्तो पठाइएको ढकालको भनाइ छ ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर वीपी कोइराला स्वदेश फर्किएपछि सुरू गरेको चियापान कार्यक्रम अहिले संस्कृति नै बनेको छ ।

काङ्ग्रेसको चियापान अघिल्ला वर्षभन्दा निकै व्यवस्थित भएको भन्दै प्रशंसा भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल