नयाँ शक्तिले मुख खोल्यो:चुनाब गर्ने हो भने सर्वपक्षीय सरकार

baburam-Bhattarai-840x405काठमाडौ– नयाँ शक्ति पार्टी, नेपालले आगामी माघ ७ भित्र तीनै तहको चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको छ ।
नयाँ शक्तिको आज बसेको विशेष राजनीतिक समितिको बैठकले चुनाव सम्पन्न गर्न सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो ।
बैठकपछि डा.बाबुराम भटराइले तीन बुँदे विज्ञप्ति जारी गदै संविधान कार्यन्वयनका लागि चुनाव अनिवार्य रहेको पनि उल्लेख छ ।
नयाँ शक्तिले तीनवटै चुनाव एकैपटक गर्न पनि माग गरेको छ ।
नयाँ शक्तिका माग छन्
–नयाँ संविधान बमोजिमको निर्वाचनकालागि जरुरी वातावरण तयार गर्न निम्न शर्त तुरुन्त पूरा गर्नुपर्छ ।
–जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्छ ।
–प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुनस्संरचनाको विवाद अन्त गर्नुपर्छ ।
–स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर्नुपर्छ ।
–भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्छ ।
–निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर्नुपर्छ ।
–समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।

नयाँ शक्तिले आफ्नो विज्ञप्तीमा भनेको छ
–आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानसभावाट जारी भएको संविधान मुताविकको राज्यको अग्रगामी पुनर्संरचना पश्चातको निर्वाचन नियमित र पम्परागत निर्वाचन मात्रै नभै यो नयाँ संविधान नयाँ युग र नयाँ पुस्ताको अपेक्षा पूर्ति गर्ने ऐतिहासिक परिघटना पनि हो । यस अर्थमा आगामी एक वर्ष्भित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न सदा तयार र तत्पर छ ।

–नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र यसको कार्यान्वयनको लागि संविधानले तोकेको अवधि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य छ भन्ने मान्यता पनि नयाँ शक्ति पार्टीले राख्दछ ।
–दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ । तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

 

विज्ञप्तीको पूर्णपाठ 

आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिको बैठकपश्चात संयोजक डा. बाबुराम भट्टराईले जारी गर्नुभएको प्रेस वक्तव्य । विशेष राजनीतिक समितिको बैठकमा काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यकारी समितिका सदस्यहरुलाई पनि आमन्त्रण गरिएको थियो ।

१.      आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो । संविधानसभावाट जारी भएको संविधान मुताविकको राज्यको अग्रगामी पुनर्संरचना पश्चातको निर्वाचन नियमित र पम्परागत निर्वाचन मात्रै नभै यो नयाँ संविधान नयाँ युग र नयाँ पुस्ताको अपेक्षा पूर्ति गर्ने ऐतिहासिक परिघटना पनि हो । यस अर्थमा आगामी एक वर्षभित्र हुनुपर्ने तीन तहको निर्वांचनप्रति नयाँ शक्ति पार्टी पूर्ण प्रतिवद्ध छ । सुशासन र विकास सहितको आर्थिक समृद्धिको एजेण्डाका आधारमा जनतावाट अनुमोदित हुँदै उक्त एजेण्डाहरु लागू गर्न सदा तयार र तत्पर छ ।

२.      नयाँ संविधानको सर्वस्वीकायर्ताका लागि संशोधन र यसको कार्यान्वयनको लागि संविधानले तोकेको अवधि ७ माघ २०७४ भित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वपक्षीय सरकार अनिवार्य छ भन्ने मान्यता पनि नयाँ शक्ति पार्टीले राख्दछ । दलीय भागवण्डामा चुनावको घोषणा गर्न थालिएकाले यो सत्तास्वार्थकालागि र चुनाव नगर्नकालागि घोषणा गरिएको चुनावको रुपमा पनि यसलाई लिइएको छ । तसर्थ चुनावको निम्ति आवश्यक वातावरण तयार गर्ने र सबै पक्षबीच विश्वासको वातावरण तयार गर्ने काम सरकारले पहिले गरोस् भन्ने हामी जोडदार माग गर्दछौं ।

३.      नयाँ संविधान बमोजिमको निर्वाचनकालागि जरुरी वातावरण तयार गर्न निम्न शर्त तुरुन्त पूरा गरियोस् भन्ने नयाँ शक्ति माग गर्दछ:

क)      जारी संविधानप्रति असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्न संविधान संशोधन गर ।
ख)      प्रदेशको सीमांकनको विषय हल गर्दै स्थानीय तहको पुन:संरचनाको विवाद अन्त गर ।
ग)      स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि सर्वपक्षीय सरकारको गठन गर ।
घ)      भौगोलिक अखण्डताको संरक्षण गर्दै राष्ट्रिय एकता सुदृढ गर्न स्थीरता र विकासको सुनिश्चितताकालागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर ।
ङ)      निर्वाचनमा हुने भ्रष्टाचार, अनियमितता रोक्न र सबैको पहुँच कायम गर्न निर्वाचन खर्च निश्चित मापदण्डका आधारमा राज्यकोषबाट व्यहोर्ने व्यवस्था गर ।
च)      समय र खर्चको मितव्ययीताका लागि संघ, प्रदेश र स्थानीय तह तीनवटैको निर्वाचन एकैचोटि सम्पन्न गर ।

डा. बाबुराम भट्टराई
केन्द्रीय संयोजक
नयाँ शक्ति पार्टी, नेपाल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक