नयाँ शक्तिमा भित्रियो नयां झण्डा, चुनाब चिन्ह र दौंतरी

७ माघ, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चुनाव चिन्ह आँखा प्रस्ताव गरेको छ । उसले झण्डा पनि परिवर्तन गरेको छ ।पार्टीको राजनीतिक समिति र काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको संयुक्त बैठकले पार्टीको चुनाब चिन्ह र पाँच तारा झण्डा प्रयोग गर्ने निर्णय गरेको हो

नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले पिपुल नेपाल15941497_1443465202341589_193578186651829033_n सँग भने, ‘आँखा चुनाव चिन्ह र रातो व्याक ग्राउण्डमा सेतो पाँच तारा झण्डा टुंगो लगायौं । निर्वाचन आयोगमा दर्ताको प्रक्रिया पनि अघि   बढिसकेको छ ।’

यसअघि चुनाव चिन्ह टुंगो नलागे पनि एक तारा भएको झण्डा नयाँ शक्तिले प्रयोग गर्दै आएको थियो ।

नयाँ शक्तिले पाँच ‘स’ (समतामुलक सम्वृद्धि, समानुपातिक समावेशी सहभागीतामुलक लोकतन्त्र, सुशासन र सदाचार, स्वाधिनता सार्बभौमिकता, समुन्नत समाजवाद)प्रति प्रतिबद्ध रहेको बताउने गरेको छ । यीनै पाँच सलाई प्रतिनिधित्व हुने गरी नयाँ शक्तिले पाँच तारा झण्डा बनाउने निर्णय गरेको हो ।

भट्टराईको राजनीतिक सल्लाहकार भाइराजा

यसैगरी बैठकले संयोजक डा. बाबुराम भट्टराईको राजनीतिक सल्लाहकारमा डा. भाइराजा पाण्डेलाई चयन गरेको छ । लामो समयसम्म संयुक्त राष्ट्रसंघमा काम गरेका उनी भट्टराईका ‘क्लासमेट’ हुन् । अस्कल क्याम्पसमा डा. भट्टराई र पाण्डेले सँगै पढेका थिए । युएनको जागिरबाट अवकाश पाएपछि पाण्डे नयाँ शक्तिमा लागेका हुन् ।

यसैगरी नेपाली सेनाका पूर्वकर्णेल मदन केसी पनि नयाँ शक्तिमा लागेका छन् । पाइलट समेत रहेका केसीलाई कास्की जिल्लाको उत्प्रेरकको जिम्मेवारी दिइएको नयाँ शक्तिका प्रवक्ता देवकोटाले अनलाइनखबरलाई जानकारी दिए ।

नयाँ शक्तिले योग साधना बिभागको संयोजकमा डा. चेतनाथ अधिकारी, वैदेशिक रोजगार विभागको संयोजकमा दानबहादुर तामाङ र खेलकुद बिभागको सहसंयोजकमा देवी सुवेदीलाई चयन गरेको छ । खेलकुद विभागको संयोजक भने राजेन्द्र किराँती छन् ।

नयाँ शक्तिले मासिक लेबी पनि टुंगो लगाएको छ । केन्द्रीय कार्य समितिका सदस्यहरुलाई मासिक एक हजार र केन्द्रीय परिषद सदस्यहरुलाई मासिक पाँच सय लेबी तोकिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक