नयाँ वर्षमा बैंक खाता खोल्नेलाई एक सय रुपैयाँ उपहार

 चैत २८,काठमाडौं : सर्वसाधारणले नयाँ वर्ष २०७६ मा बैंक खाता खोल्नेलाई बैंकहरुले खातामा एक सय रुपैयाँ उपहार पाउने भएका छन् । यसअघि कुनै पनि बैंकमा खाता नभएका नेपालीले बैंकमा खाता खोले प्रति खाता सो रकम बराबरको रकम प्राप्त गर्नेछन् ।

यसका लागि नेपाल राष्ट्र बैंकबाट ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थामा आफ्नो नयाँ खाता खोल्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले एक सर्कुलर जारी गरेर अभियानअन्तर्गत २०७६ सालमा खोलिएका खातामा १ सय रुपैयाँ बैंककातर्फबाट राखिदिने व्यवस्था गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले हरेक नेपालीको बैंक खाता खोल्ने अभियानलाई प्रभावकारी बनाउन यस्तो व्यवस्था गरेको हो । 

बैंक तथा वित्तीय संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बचत खाता खोल्नेहरुको खातामा एक सय रुपैयाँ जम्मा गरिदिनु पर्नेछ । यसो त राष्ट्र बैंकले बैंक खाता खोल्ने प्रकृया पनि सहज बनाएको छ । खोलौं खाता अभियानअन्तर्गत बैंक खाता नभएका नेपालीले सहजरुपमा खाता खोल्न पाउनेछन् । त्यस्तै बैंकहरुले खाता खोल्ने फारमलाई पनि सरलिकृत गर्नुपर्ने छ ।

राष्ट्र बैंकले खाता खोल्ने व्यवस्था परिवर्तन गर्दै ग्राहक पहिचान गर्दा नागरिकताको प्रमाणपत्र, राहदानी, फोटोसहितको मतदाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, कुनै सरकारी निकायले जारी गरेको फोटो सहितको परिचयपत्र अथवा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटो सहितको सिफारिस मध्ये कुनै एउटा कागजातको आधारमा खाता खोल्न सकिने छ । 

यसरी खोलिएको खाताको वार्षिक अधिकतम कारोबार सीमा भने १ लाख रुपैयाँ मात्र रहेको छ । कारोबार रकम १ लाख रुपैयाँ नाघेमा भने तीनपुस्ते सहितको सम्पुर्ण विवरण बुझाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

आइएमई ग्रुपद्वारा प्रधानमन्त्रीलाई डेढ करोडको चेक हस्तान्तरण

काठमाडौँ, कात्तिक २१  गते । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट

नक्कली भ्याट बिल बनाउनेलाई सतप्रतिशत जरिमाना

 कार्तिक ०२, २०८० | काठमाडौं । सर्वोच्च अदालतले नक्कली भ्याट बिल निर्माण गरी राजस्व छल्नेमाथि

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से

नेपाल–कोरिया उडानमा प्राधिकरण नै बाधक

आश्विन २६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरिया सिधा